कर्णालीको विकास गठबन्धनको एकताबाट मात्रै सम्भव छ – नेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कर्णालीको विकास गठबन्धनको एकताबाट मात्रै सम्भव रहेको बताएका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई बधाई दिदै नेता शाहीले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा प्रतिगामी शक्ति र अग्रगामी शक्तिहरुबीचको लडाई चलिरहेको भन्दै नेता शाहीले प्रतिगामी शक्तिलाई हराउन बनेको बाम, लोकतान्त्रिक गठबन्धनबीचमा सम्बन्ध बिक्षेत गराउने शक्तिको ठुलो चलखेल भएको भन्दै त्यतातिर सबैले सजक हुनु पर्ने औल्याए ।

हिजोका दिनमा कर्णालीमा विकास गर्नको लागि क्षेत्रगत हिसाबले केहि मतभेद भएका कारण कर्णालीमा सोचे जस्तो विकास हुन नसकेको भन्दै नेता शाहीले अहिले निर्वाचित भएर आएका सबै जनप्रतिनिधिहरुले कर्णाली विकासको लागि एकताबद्ध हुन आवश्यक रहेको बताए । ‘हामी जो जता रहे पनि कर्णालीको विकासको लागि लाग्ने हो,’ ‘नेता शाहीले भने, ‘हिजोका दिनमा म कर्णाली प्रदेशको मुख्यमन्त्री हुदा जसरी कर्णाली विकासका लागि लागेको थिए माथि पनि त्यसरी नै लाग्ने छु,।’

बधाई पछि फोटो सेसनमा नेताहरु

कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री समेत रहेका नेता शाहीले अबका दिनमा कर्णालीमा विकासे बजेट छुट्याउदा कर्णालीको भौगलिक विकटतालाई हेरेर बजेटको व्यवस्थापन गर्न तिर अहिले निर्वाचित भएर आएका प्रतिनिधिहरुले विषेश ध्यान दिन जरुरी रहेको भन्दै उनले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो निर्वाचन क्षेत्र भन्दा समग्र कर्णाली कसरी समृद्ध बनाउन सकिन्छ त्यतातिर ध्यान दिनु पर्ने औल्याए ।

बधाई ज्ञापन कार्यक्रममा मुख्यमन्त्री जीवन बहादुर शाही र सुर्खेतमा उपलब्ध गठबन्धनका निर्वाचित जनप्रतिनिधि र गठबन्धन सम्बद्ध नेताहरुको सहभागिता रहेको थियो ।

बधाई पछि फोटो सेसनमा नेताहरु