सुर्खेत । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्वर २ ‘ख’बाट प्रदेश सभा सदस्यको लागि बाम, लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
विष्ट ०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट प्रदेश सभा सदस्यको लागि निर्वाचित भएका थिए । प्रदेश सभाको अघिल्लो कार्याकालमा कर्णाली प्रदेश सरकारको आर्थिम मामिला तथा योजना मन्त्री समेत भइसकेका विष्ट यो पटक बाम, लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी गर्दा गराएका हुन् ।
झिल्को खबर । २३ आश्विन २०७९, आईतवार १६:५१