सुर्खेत । दैलेख र जाजरकोटको संगमस्थल महाबु क्षेत्रलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार प्रसार गरिने भएको छ ।
चलचित्र छायांकनका लागि छनोट भएको महावु क्षेत्रको पूर्वाधार विकास निमार्णका लागि संघीय सरकारसँग पनि हातोमालो गर्दै प्रचार प्रसारलाई तीव्र बनाउन लागिएको कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७९, ०८० को निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सरकारले आफ्ना नीति तथा कार्यक्रमार्फत चलतित्र छायांकनस्थलको रूपमा महाबुको पूर्वाधार निर्माणमा सहयोग गर्ने पनि जनाएको छ । ‘चलचित्र छायांकनका लाािग छनोट भएको दैलेख कालिकोट जिल्लाको संगमस्थल महाबु क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नेपाल चलचित्र विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय गरिने छ,’ मंगलबार जारी नीति तथा कार्यक्रममा उल्लेख छ ।
। २५ जेष्ठ २०७९, बुधबार १४:२४