सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता लिएकी हुन् ।
यसैगरी नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् ।
राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले ५ मत पाएका छन् ।
झिल्को खबर । १७ मंसिर २०८१, सोमबार १४:५४