नेता कडेँल र नगर प्रमुख ढकाल द्धारा रंगशालाको निरीक्षण

सुर्खेत, कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यमलाल कडेँलले कर्णाली प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको कर्णाली प्रदेश रंगशालाको बुधवार निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा नेता कडेँलले रंगशालाको कामको प्रगतिको बारेमा चासो राखेका थिए । निर्माण कम्पनिले सरकारले बार्षिक रुपमा सुनिश्चित गरेको रकमलाई जति सक्दो कामको प्रकृति बढाएर भए पनि खर्च गर्नु पर्ने भन्दै उनले त्यहि अनुसारको कामको स्प्रीड बढाउनु पर्ने बताए ।

‘यो आर्थिक बर्षमा तोकेको रकम यहि आर्थिक बर्षमा खर्च गरे मात्रै प्रदेश सरकार र निर्माण कम्पनि विच भएको सम्झौताको समयाबधिमा काम सकिने अवस्था आउछ,’ ‘नेता कडेँलले भने, ‘त्यसका लागी निर्माण कम्पनिले जति सक्दो प्रदेश सरकारकाले तोकेको रकम खर्च गरेर सरकारलाई आर्थिक भार कम गर्न तिर लाग्नु पर्छ,।’

निर्माण कम्पनिलाई काम गर्दा आइपर्ने समस्याको बारेमा चासो राखेका नेता कडेँललाई निर्माण कम्पनिले अहिले सम्म कर्णाली प्रदेश सरकारले आफुलाई सहयोग गरेको र असहयोग कहि कतैबाट नभएको बताएका थिए ।

निरीक्षणमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकाल र नगर उप प्रमुख निलकण्ठ खनालको पनि सहभागिता रहेको थियो ।