सुर्खेत ।कर्णालीमा १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको शुरु गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आइतवार प्रतियोगिताको उद्घाटन गरेका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद् द्धारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताए । “कर्णालीले गनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकाय जस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ,” उनले भने, “हरी बहादुर रोकायाकाको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रंगशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको भन्दै मुख्यमन्त्री शर्माले प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरुको वृहत्तर हितमा काम गर्ने गरी काम गर्न लागेको बताए ।
नेपाली काँगे्रस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताए । तीन तहका सबै सरकारहरुले कर्णालीमा सम्भावना बोकेका खेलका विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्ति भित्रको क्षमतलाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको भन्दै उनले यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठता कायम गर्दै आएको बताए । नेता कँडेलले खेललाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिनु पर्ने उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धाराणा व्यक्त गरिन् । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाहरुको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उनको भनाई थियो ।
यता कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिए । बाहिरबाट आउनेले कर्णाली नबुझिदिनाले यसका लागि चाहिले आवश्यक बजेट विनियोजनमा समस्या भएको उपाध्यक्ष हमालको गुनासो थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन भए यता कर्णालीमा खेल विकासको लागि ५ ‘प’ अर्थात प्रतियोगिता,प्रोत्साहन, प्रशिक्षण,पुरस्कार,र पूर्वाधारलाई पहिलो प्रथामिकतामा राखेर काम गरेको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद यसमा लागिरहेको बताए ।
खेलमा कीर्तिमानी धावक रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गरेका थिए । उक्त विभिन्न विधामा सञ्चचालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । आजबाट सञ्चालन भएको सो प्रतियोगिता ५ गते सम्पन्न हुनेछ ।
प्रतियोगितको पहिलो दिन नौ जिल्लाको खलाडीहरुको मार्चपास, साँस्कृतिक झाँकी, हुड्के नृत्य, सुर्खेती झ्याउरे तथा टप्पा नाचसहित मार्सल आर्टका विभिन्न विधाका खेलहरु प्रर्दशन गरिएको थियो ।
झिल्को खबर । ३ बैशाख २०८०, आईतवार १३:४३