अखिल (क्रान्तिकारी) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल

 

कालीकोट । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी (अनेरास्ववियु) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल चयन भएका छन् । आइतबार सम्पन्न भएको कालिकोट जिल्ला १४ औँ जिल्ला सम्मेलनबाट मल्ललाई अध्यक्ष पदमा चयन गरेको हो ।

युद्ध पर्यटकीय क्षेत्र कालिकोट पिलीमा भएको जिल्ला सम्मेलनबाट बरिष्ठ उपाध्यक्षमा अस्मित बम, उपाध्यक्ष मानबहादुर रोकाया, सिमा शाही, सचिव कमल शाही, सहसचिव केशब बुढा, गीता शाही, सुर्वण सेजुवाल, अर्जुन बिक र कोषाध्यक्षमा हर्सिला सुवेदीलाई चयन गरेको छ ।

खाँडाचक्र नगरपालिकाको पिलीमा सम्पन्न जिल्ला सम्मेलनले अध्यक्ष खगेन्द्र मल्लको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।