सुर्खेत । राष्ट्रिय खेलकुद परिषदको ११८ औं बोर्ड बैठक आउदो शुक्रवार युवा तथा खेलकुद मन्त्रालयको सभाहल सिहंदरवार काठमाडौंमा बस्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आगामी मंसिर १४ गते बस्ने बोर्ड बैठकमा पदेन सदस्यको रुपमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याललाई राष्ट्रिय खेलकुद परिषदले उपस्थितिको लागि पत्र पठाएको छ ।
यहि मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता घोसित मितिमा नहुँदा संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी माथि प्रश्न उठ्न थालेको छ । घोसित मितिमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसकेको संघीय युवा तथा खेलकुद मन्त्रालय र मन्त्री तेजुलाल चौधरीले विगत लामो समय देखि राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक बोलउन सकेका थिएनन् त्यसैले पनि आउदो शुक्रवार बस्ने बोर्ड बैठकलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा केहि निर्णय हुन्छ की ? भन्ने चासोका साथ हेरिएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा (२) र(३) बमोजिम पदेन सदस्यको रुपमा उक्त बोर्ड बैठकमा सहभागि हुन लागेका कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल भने उक्त बोर्ड बैठकमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे भरिलो निर्णय हुँनेमा विश्वस्त छैनन् । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नेपाली राष्ट्रिय खेलकुदको इतिहाँसमै पहिलो पटक मिति सहित तोकेर आएको खेल त भएन भने अब तोकिने मिति भनेको निर्णयमा मात्र सिमिति हुन्छन् कार्यन्वयन हुँनेमा संका छ,‘सदस्य सचिव संज्याल भन्छन्,’ ‘तर अहिले गर्न नसकेको प्रतियोगिता किन के कारणले भएन त्यसको बारेमा स्पष्टिकरण विना अर्को मितिमा हुने ज्ञारेण्डी के छ ? उनले प्रश्न गरे’
तोकिएको निर्धारित मितिमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँन नसक्दा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गरिरहेका खेलाडीहरु भने अहिले निराश भएर घर फर्किएका छन् ।
बोर्ड बैठकमा जानु पूर्व कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले दशौं राष्ट्रिय खेलकुदका बारेमा रा.खे.प.ले बैठक बोलाईएको पत्र र प्राप्त एजेन्डाका बारेमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष एवं सामाजिक विकास मन्त्री धनश्याम भण्डारीलाई जानकारी गराइसकिएको भन्दै उनले प्रदेश सरकारबाट यी एजेन्डाको सम्बन्धमा जे निर्देशन प्राप्त हुन्छ सोही अनुसार बैठकमा आफुले कुरा राख्ने बताए ।
सदस्य सचिव संज्यालले बोर्ड बैठक बस्नु पूर्व राष्ट्रिय खेलकुद परिषदलाई निम्न बुधामा सुझाब दिएका छन् । सदस्य सचिव संज्यालले राष्ट्रिय खेलकुद परिषदलाई दिएका सुझाबका केहि अंश यस्ता छन् ।
(१) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका र प्रतियोगिता संचालन हुने मितिका सम्बन्धमा आयोजना हुने प्रदेश सरकारसँग संघ सरकार युवा तथा खेलकुद र राष्ट्रिय खेलकुद परिषदले छलफल तथा अन्तरक्रिया गरेर प्रदेश सरकारको राय सल्लाह लिई खेल संख्या, खेल स्थल र प्रदेश लाई दिने बजेटको बारेमा टुंगो लगाई सहआयोजक हुने प्रदेश र राखेप बिच राष्ट्रिय प्रतियोगिता संचालन सम्बन्धि कामको कार्य बिभाजनको समेत निर्देशिकामा उल्लेख गरि कानुनी रुप दिनु पर्ने ।
(२) मिति तोक्ने काम दुई वर्ष अगाडि गण्डकी प्रदेशको पोखरामा राखेपको ११५औं बैठकले पनि गरेको थियो तर मुख्य कुरा दुई दुई बर्षसम्म प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका तयारी नहुँदा २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेन र खेलकुदमा अन्योलको वातावरण सिर्जना हुन गयो त्यसैले विगतबाट पाठ सिक्दै राखेपले आह्वान गरेको ११८ओौं परिषदको बैठक बस्नु अगाडि यस विषयमा संघ र प्रदेश बिच छलफल गर्नु पर्ने ।
यस्तो छन् ११८ औं बोर्ड बैठकका एजण्डा
राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धमा ।
(१)राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका – २०७९ संशोधन सम्बन्धमा ।
(२)दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८१ सम्बन्धमा ।
(३) प्रथम पारा राष्ट्रिय खेलकुद – २०८१ सम्बन्धमा ।
(४) विश्वविद्यालय खेलकुद सम्बन्धमा ।
(५) जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि सम्बन्धमा ।
(६) राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा ।
रा.खे.प. विनियमावली सम्बन्धमा ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली, २०८०
सम्बन्धमा ।
आर्थिक प्रशासन सम्बन्धी विनियमावली – २०८१ सम्बन्धमा ।
विद्यालय खेलकुद पाठ्यक्रम सम्बन्धमा ।
CSR सम्बन्धमा ।
खेलाडी आवास सम्बन्धमा ।
विविध
झिल्को खबर । १० मंसिर २०८१, सोमबार १२:३६