द्धोन्दकालका मुद्धा सत्य निरुपण तथा बेपत्ता आयोगले सामाधन गर्नु पर्छ –भट्टराई

फोटो झिल्को खबर डटकम

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले द्धोन्दकालका मुद्धा सत्य निरुपण तथा बेपत्ता आयोगले सामाधान गर्नु पर्ने बताएका छन् ।

तत्कालिन माओवादी पार्टी र ७ दल बीच भएको शान्ति सम्झौता अनुसार नै यसको टुङ्गो लगाउनु पर्ने भन्दै उनले यो द्धोन्दकालका मुद्धा माओवादीको मात्रै नभएको स्मरण गराए ।

माओवादी आन्दोलन र शान्ति प्रक्रियाका तीन वटा पक्ष संविधान निर्माण, सेना समायोजन र सत्य निरुपण तथा बेपत्ता आयोगको काम मध्य संविधान निर्माण र सेना समायोजनको काम सकिएको र कानुनी झमेलाका कारण सत्य निरुपण तथा बेपत्ता आयोगका मुद्धा अदालतमा अड्कीएकाले केहि मानिसहरुले यसलाई गिजोलेर फाइदा लिइरहेको बताए ।

पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका भट्राईले प्रचण्ड माथि त्यत्रो ठुलो आरोप आइलाग्दा आफु सहित पूर्व माओवादी घटकहरुले विरोध गरिरहदा सत्ता लिप्साको कारण माओवादी भित्रकै दोश्रो तहका नेताहरुले खुलेर प्रचण्डको संरक्षण गर्न नसकेको आरोप समेत लगाए ।