म निर्वाचित भएको सय दिन

कालीकोट संघीता अघिको नेपालको सबै भन्दा कान्छो जिल्लाको रुपमा परिचित थियो । त्यस भित्र पनि कालिकोटको तत्काकालिन पलाँता क्षेत्र नेपालको सबैभन्दा विकटताको परिचय बोकेर यो क्षेत्रका नागरिकले भोग्नु परेको गरिबी, र यहाँको कमजोर शिक्षा प्रर्णालीले निकै विभेदमा बस्नु पर्ने बाध्यता अहिले भने केहि सुधार आएको जस्तो देखिन्छ ।

नेपालमा गणतन्त्र, धर्म निश्पक्षता, र संघीतालाई कार्यन्वयन गर्न बनेका तिन तहका सरकारी संरचना मध्ये सबैभन्दा तल्लो तहको संरचना भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले जनताको आधारभूत आवश्यकता र जन जिविकाको सवालमा गम्भिर भएर लाग्नु पर्ने दायित्व त छदैछ तर यसलाई जिम्मेवारी बोध गराउने सम्बन्धित स्थानीय तहका नागरिकहरुको कर्तव्य हुन जान्छ ।

स्थानीय शासन प्रर्णालीले जनताको अधिकार र जन सरोकारका सवालहरु जनताको घर नजिक पुगेको आभास दिलाउने गरी काम गर्नु पर्ने मैले आफ्नो दायित्व सम्झदै यो पटकको स्थानीय निर्वाचनको बेला मैले पलाँता गाउँपालिका वडा नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिए र जनताको विश्वासले म निर्वाचित पनि भए । आज म निर्वाचित भएको सय दिन पुरा भएको छ सय दिनको बीचमा मैले के काम गर्न सके के सकिन त्यो त तपाई आम जनसमुदायले देख्नु भएकै छ तर पनि आफुुले जन प्रतिनिधि भएर गरेका कामको बारेमा यहाँ मैले केहि छोटो जानकारी दिन खोजेको छु ।

जनताको काम गर्नु पर्ने आफ्नो जिम्मेवारी सम्झेर म निर्वाचित भएको दिन देखि नै निरन्तर जनताको काममा लागि परेकै छु सबैभन्दा नजिको सरकार वडा सरकार भएकोले तपाई सम्पूर्ण वडा बासीको दुःख पीडा समस्यासँग म रात दिन नभनि लागेकै छु यसरी काम गर्दा मलाई आफ्नो कार्याकालको सय दिन पुरा भएको पत्तो नै भएन अझ काम गर्न कति बाकि छ त्यो त समय आए पछि कति काम गर्न सके भन्ने मैले व्यवारिक रुपमा देखाउदै जानेछु ।

अहिले तत्काल वडा नम्बर ७ को पारौटी टोललाई स्वास्थ्य सेबा केन्द्रका आवश्यकतालाई पुरा गर्ने कोसिस गरेको छु र श्री माडुगडा आधारभूत विद्यालयलाई निमाबीको लागि मैले प्रस्ताव गरेर गाउँपालिका सरकारले त्यसको लागि पहल गर्ने र वडाको समस्यामा गाउँपालिका सरकार सकरात्मक भएको छ । बोक्चु देखि ऐडीवाडा सम्म सडक पुगेको छ । वडामा घर घरमा धाराको लागि चार वटा पानी टेङ्की निर्माण भएका छन् । गडबाली खोलामा गाई बस्तु आवत जावत गर्न तर काठे पुलको निर्माण भएको छ । फागोटि माथिल्ला बगड काठे पुल को निर्माण समेत निर्माण भएको छ ।

अहिले सय दिनको बीचमा भेला लाग्ना काठेपुल, दुर्सि काठेपुल र बाटो निर्माण, तिपगाड हुँदै दुर्सि फागोटी देखि जाफे जोड्ने रोडको काम सुरु भएको छ र सिनिसिना मिनि हाइड्रो को काम थालनि भएको छ भने पालिका सरकारबाट असम्भव आयोजनाहरु प्रदेश सरकारबाट माग गर्ने गरी कामको सुरुवात भएको छ । सय दिनका यी कामहरु मेरो लागि र वडा बासीका लागि महत्वपूर्ण भएका छन् ।
अब आउने दिनहरुमा हामिले गाउँपालिका सरकारबाट वडाको निम्ति आएका योजनाहरु इमानदारीताका साथ कार्यन्वयन गर्ने जिम्मेवारी लिएर वडाका भौतिक आधारभूत आवाश्यकतालाई पालिका सरकार नसकेको अबस्थामा विभिन्न माध्यमबाट पहल गरी मैले मेरो कार्याकालमा जसरी हुन्छ जनताको निम्ति काम गर्ने बाचा गर्दछु ।

हर्दा सानो मानिने तर समस्या समाधान हुन नसक्ने यहाँको भौगलिक विकटताको कारण अझै पनि हामिले आफुले चाहेको जस्तो काम गर्न सकेका छैनौ आउने दिनमा मैले तपाइले दिएको अमुल्य मतको कदर गर्दै के गर्न सकिन्छ त्यो यहि वडाका दाजुभाई दिदि वहिनीको सुझाव अनुसार अगाडी बढ्ने बाचा गर्दछु । मैले अहिलेको आवश्यकतालाई आफ्नो जिम्मेवारी ठानेको छैन हिजोको पलाँता र यो क्षेत्रले भोलिका दिनमा भोग्नु पर्ने पिडाको बारेमा म जानकार छु यहाँ जनयुद्धको बेला मैले गरेका बाचा पनि मैले पुरा गर्नु छ त्यो भन्दा पछि मैले निर्वाचन लड्दै गर्दा गरेका बाचा पनि पुरा गर्नु छ त्यसैले म तपाई सम्पूर्ण जन समुदायको सिपाहीको हैसियतले काम गर्दै जानेछु र आउने दिनमा पनि अहिले सय दिनको काममा जसरी तपाइहरुले मलाई सहयोग गर्नु भयो त्यो सहयोग निरन्तर पाउने छु भन्ने विश्वास लिएको छु ।

धन्यावद ।
लेखक कालिकोट पलाँता गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष हुन् ।