सुर्खेत । जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि सुर्खेत वीरेन्द्रनगरको एसओएस हर्मन माइनर विद्यालयले हात पारेको छ ।
एसओएस हर्मन विद्यालयको आयोजनामा शनिवार शुरु भएको उक्त प्रतियोगितामा जिल्लाको ११ टिमले सहभागिता जनाएको एसओएस हर्मन माइनर विद्यालयका तेक्वान्दो प्रशिक्षक गंगाराम आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार एसओएस हर्मन माइनर विद्यालयले २ स्वर्ण, २ रजत, र १ कास्य पदक जितेर प्रथम भएको थियो भने सुर्खेत तेक्वान्दो डोजाङ्ले २ स्वर्ण, २ कास्य सहति दृतिय भएको थियो । यस्तै तातोपानी तेक्वान्दो डोजाङले १ स्वर्ण, २ रजत, सहित १ कास्य जितेर तृतिय स्थान हासिल गरेको थियो ।
तेक्वान्दो प्रशिक्षक भुवन थापाले खेलकुद मानिसको लागि नभइ नहुने भएकोले खेलाडीहरुले आत्म अनुशासन सहित खेल प्रर्दशनमा ध्यान दिनु पर्ने बताए । सहभागित खेलाडीहरुलाई हौसला दिदै प्रशिक्षक थापाले सहभागि खेलाडीहरुको उमेर सानो भएकोले पढाईसँगै खेललाई पनि तिरन्तरता दिन सुझाव दिए ।
यस्तै एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेतले कर्णालीको खेल क्षेत्रलाई माथि उठाउनको लागि विद्यालय स्तरमा खेलकुद गतिविधहरुलाई प्रथामिकतामा राखेर लिनु पर्ने बताए । विद्यार्थीहरुको मानोभावनालाई बुझेर विद्यालयले यस्ता खालका क्रियाकलाप निरन्तर गर्दै आएको भन्दै प्राचार्य बस्नेतले विद्यालयका खेलकुद शिक्षकहरुलाई सम्मान गर्ने पनि बताए ।
खेलकुदले सारिरीक रुपमा मात्रै बलियो बनाउने भन्दा खेलाडीहरु स्वयमलाई आत्म अनुसाशनमा बाच्न सिकाउने र समयको महत्वबोध गराउने भएकोले खेलाडीहरुबाट सबैले सिक्नु पर्ने उनले औल्याए ।
झिल्को खबर । ३० पुष २०७९, शनिबार १७:२९