प्रदेश अस्पताल सुर्खेतले सुरु ग¥यो आपलकालीन मुल्याङ्कन उपकरण विधिद्धारा उपचार

सुर्खेत । नेपालमै पहिलो पटक प्रदेश अस्पताल सुर्खेतले आपतकालिन मुल्याङ्कन उपकरण विधिद्धारा गरिने उपचारको मान्यता पाएको छ ।

विश्व स्वास्थ्य संस्था नेपालको सहयोगमा नेपालका ७ ठुला अस्पतालहरुमा यो विधि लागू गर्नको लागि छनौट गरिएको थियो । प्रदेश अस्पतालमा संघीय र प्रदेश अस्पतालहरुमा यहाँ सबैभन्दा बढि विरामीहरुले सेवा लिने भएकोले यो अस्पतालले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त विधिको नेपालमै पहिलो पटक प्रयोग गरिएको अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले जानकारी दिए ।

आकस्मिक सेवाको गुणस्तरलाई बढाउनको लागि संचालन गरिएको यो परियोजना ३ भागमा विभाजन गरी संचालन गरिएको थियो । जसमा लागू हुनु भन्दा अगाडी अस्पतालमा आकस्मिक विभागमा आउने विरामीहरुको स्वास्थ्य अवस्था तथा उपचार पद्धतीको बारेमा तथ्याङ्क संकलन गरिएको थियो भने दोस्रो चरणमा अस्पतालको सेवाको गुणस्तर अझैं बृद्धि गर्नको लागि आकस्मिक विभागमा काम गर्ने सबैलाई तालिम दिइएको थियो । तालिम पश्चात विश्व स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त आपलकालीन मुल्याङ्कन उपकरण विधिको प्रयोग गरी प्रदेश अस्पताल को आपतकालिन सेवालाई विश्व स्वास्थ्य संस्थाका प्रतिनिधि र आपतकालिन सेवाका विशेषज्ञ प्रतिनिधि र स्वास्थ्य संस्थाबाट खटाइएका कर्मचारी र अस्पताल विभागिय टोलिले आपलकालीन मुल्याङ्कन उपकरण विधिको प्रयोग गरिएको छ ।

आपलकालीन मुल्याङ्कन उपकरण विधिमा रहेका बुधाहरुमा प्रदेश अस्पतालले सबै प्रक्रिया पुरा गरेकोले यसलाई उक्त विधिको मान्यता दिइएको अस्पतालले जनाएको छ । विज्ञ टोलिले नेपाल भरी नै यो विधिको प्रयोग गरी एक रुप्ता ल्याउनको लागि उक्त विधि लागू गर्न कर्णाली प्रदेशबाट सुरु गरेको छ ।

आपलकालीन मुल्याङ्कन उपकरण विधिको प्रयोग नेपालमै पहिलो पटक प्रदेश अस्पतालाई प्रदान गरिएकोले प्रदेश अस्पतालमा आउने विरामीहरुलाई थप सहज हुने अस्पतपालका निर्देशक प्रा.डा. डम्बर खड्काको भनाइ छ ।