प्रदेश अस्पताल सुर्खेतमा तेस्रो पटक सफल मृग्रौला प्रत्यारोपण

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा तेस्रो पटक सफल मृगौला प्रत्यारोपण गरिएको छ ।

गत विहिवार गरिएको प्रत्यारोपणमा एक दिनमा दुई जनाको मृगौला प्रत्यारोपण सम्पन्न भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतमा अहिलेसम्म ४ जनाको सफल मृगौला प्रत्यारोपण भइसकेको छ ।

गण्डकी नगरपालिका ८ तनहुँका ४८ बर्षिया पुरुषलाई आफ्नो साली नाता पर्ने ३३ बर्षिया युवतीले मृगौला दिएकी थिइन् भने डोटी सायल गाउँपालिका ५६ बर्षिया पुरुषलाई ३० बर्षिया छोराले मृगौला दिएका थिए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द श्रेष्ठको नेतृत्वमा प्रदेश अस्पताल सुर्खेतमा तेस्रो पटक सफल मृगौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको सेवाबाट हामि खुशी छौ विरामी र उनका आफन्त

डाक्टरहरुको सल्लाह अनुसार प्रदेश अस्पताल सुर्खेतमा पनि मृगौला प्रत्यारोपण हुन्छ भन्ने सुनिसकेपछि आफु मृगौला प्रत्यारोपण गर्न कर्णाली पहिलो पटक पुगेको विरामीहरुले बताए ।

मृगौला प्रत्यारोपण गरिएका गण्डकी नगरपालिका ८ तनहुँका ४८ बर्षिया पुरुष र डोटी सायल गाउँपालिका ५६ बर्षिया पुरुषले प्रदेश अस्पताल सुर्खेतको सेवा सुविधा कुनै सम्पन्न अस्पतालको भन्दा कम नरहेको बताएका छन् । ‘विरामी भएर अस्पताल भित्र पस्दा अस्पताल आएको अनुभूति भएको थियो अहिले उपचार गरिरहेको अवस्थामा त घरमा छौ की अस्पतालमा छौ त्यो ठम्याउनै गाह्रो भएको छ, ‘दुवै जना विरामीले भने,’ ‘यो अस्पताल भित्र गरिने व्यवहार बोल्ने भाषा सबै घरमा आमाले गर्ने क्याहार भन्दा कुनै कम छैन यसको लागि सबैभन्दा यहाँका डाक्टर, नर्स र हाम्रो सेवा खटिने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौ ।’

गण्डकी नगरपालिका ८ तनहुँ ४८ बर्षिया पुरुष विरामीका आफन्त बिजु विकले प्रदेश अस्पताल सुर्खेतले दिएको सेवा सुविधा नेपालको कुनै पनि ठाउँमा छैन जस्तो अनुभूति भएको बताए । यहाँ अस्पताल भित्र गरिने व्यवहार र बोल्ने भाषाले विरामीहरुको मनोवल निकै उच्च रहने गरेको उनको भनाइ छ ।

फेलोसिप कार्यक्रम संचालन हुँने बित्तिकै प्रदेश अस्पतालको आफ्नै दक्ष जनशक्ति हुन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गर्न पूर्वाधार देखि अन्य सेवा सुविधा उपयुक्त छ छैन भन्ने बारेमा अध्ययन गरे पश्चात प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यरोपण गर्न सकिने स्वीकृती दिएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गर्न दिएको स्वीकृती पश्चात अहिलेसम्म जम्मा तीन पटक गरी ४ जनाको सफल मृगौला प्रत्यारोपण भइसकेको छ । अब प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपणको लागि अस्पताल आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए ।

मृगौला प्रत्यारोपण गर्न आफ्नो दक्ष जनशक्ति उत्पादनका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संचाल गर्ने फेलोसिप कार्यक्रममा एक बर्षे फेलोसिप कार्यक्रमका लागि प्रदेश अस्पताल सुर्खेतलाई समेटिनु पर्ने प्रा.डा. खड्काको भनाइ छ ।

राष्ट्रिय प्रत्योरोपण केन्दले एक बर्षे फेलोसिप कार्यक्रम स्वाीकृतका लागि नेपाल मेडिकल काउन्सिलमा फाइल दर्ता गरेको बर्षौ भइसक्दा पनि त्यसको बारेमा अहिलेसम्म कुनै निर्णय भने हुन सकेको छैन । उक्त निर्णय हुने वित्तिकै प्रदेश अस्पतालमा कार्यरत फिजिसियन र सर्जनहरु उक्त कार्यक्रममा सहभागि हुन पाउने छन् तत् पश्चात प्रदेश अस्पताल सुर्खेतको आफ्ने जनशक्ति उत्पादन हुने छ ।

प्रदेश अस्पताल सुर्खेतको आफ्नै प्राविधिक दक्ष जनशक्ति भएमा मृगौला प्रत्यारोपण गर्न आउने विरामीहरुले कर्णाली प्रदेश बाहिर जानु पर्ने छैन । र नियमति सेवा संचालन हुने अस्पतालको भनाइ छ ।