रास्वपामा चार पदाधिकारी थपिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ४ पदाधिकारी थपिने भएका छन् । पदाधिकारीमा उपसभापति – १, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ जना थप्ने निर्णय रास्वपाले गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।

रास्वपामा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री पदमा बालेन पक्षबाट थपिने निश्चित गरिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीका पद थप्ने निर्णय गरेको छ । सहमहामन्त्री र सहप्रवक्ता १/१ जना थप्ने निर्णय भएको छ ।

रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा दुई जना उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ । बालेन पक्षले प्राप्त गर्ने महामन्त्री र कुलमान पक्षबाट हुने सहमहामन्त्री र सहप्रवक्तामा कुन व्यक्ति हुनेबारे निश्चित भई नसकेको जानकारी गराइएको छ ।