सुर्खेत, करिब ३ बर्ष अघि कर्णाली घुम्न निस्केकी सिर्जना अहिले पनि कर्णाली घुम्नमै व्यस्त छिन् । कर्णाली घुम्ने मात्रै उनको धोको छैन लुकेर रहेका कर्णालीका पर्यटकीय गन्तव्य खोज्ने र ती गन्तव्यलाई व्यवसाहिक गन्तव्यको रुपमा विकास गर्ने उनमा ठुलो सपना छ ।
“द ग्रेड हिमालयन ट्रेल”को आयोजनामा २०१९ मा पहिलो पटक ट्रेकेटिङ रुड अध्ययन गर्न १० दिनको लागी सिर्जना जब अपर डोल्पा पुगिन् अनि उनलाई लाग्यो बाहिर देखिने कर्णालीको अनुहार र भित्र खोजिने कर्णालीको अनुहारमा धेरै फरक रहेछ । त्यो दिनलाई सम्झिदै उनले भनिन् ‘अब म कर्णाली खोज्नेहरुको लागी कर्णाली देखाउन केहि कोसिस गर्ने छु,।’
अपर डोल्पाको यात्रामा सिर्जना पहिलो पटक कर्णालीसँग चिनिन खोज्दै थिइन् यो भन्दा अगाडी रुकुम पूर्वको हिमालहरु चढिसकेकी सिर्जनालाई जब अपर डोल्पाको हिमाली यात्रा सुरु गरिन् लाग्यो संसार त कर्णाली भित्र रहेछ । उनि पढ्ने विषय पनि फरेष्ट्री हो रे उनलाई घुम्न पन पर्ने र उनको पढ्ने विषय अनि उनको स्वाभाव मिल्नु त संयोग मात्रै रहेछ तर सानै देखिको स्वभाव समाजको निम्ति केहि गरौ भन्ने उनमा चाहाना थियो । यहि मितिबाट सुरु गर्छु भन्ने चाहि थिएन । उनले आफ्नो बाल्य अवस्था बारे जानकारी दिदै भनिन् ‘अब म यात्रामा निस्केकी छु अहिले केहि नहोला तर मेरो कामले भोलि कुनै न कुनै बेला भने कर्णालीको पर्यटन क्षेत्रमा केहि इट्टा थप्छ भन्नेमा म विश्वस्थ छु,।’
आमा बाबाको चाहाना एकातिर आफ्नो चाहाना अर्कोतिर भएकोले केहि समय परिवारलाई आफुले रोजेको बाटोमा आफै हिडछु भन्न सिर्जनालाई अलि कठिन भयो । कठिन नहोस् पनि कसरी छोरी आफ्नो खुट्टामा उभिर आफै केहि गरेर खाओस् र दुख नपाओस् भन्ने आमा बाबाको सपना थियो । तर सिर्जनाले आफ्नो कामको बारेमा आफ्नो परिवारलाई कहिल्यै पनि झुट बोलिनन् । जे गर्न मन छ त्योे कुरा इमानदारीताका साथ परिवारमा भन्ने गरेकाले उनको आफ्नो काम प्रतिको विश्वासलाई परिवारबाट विस्तारै सपोट पाउदै गइन् र अहिले सिर्जना निधक्कले कर्णालीको यात्रामा हिडिरहेकी छिन् ।
घुम्ने भनेर पुरा नेपाल नै घुमेर सक्नु पर्छ र जीवनमा यति जिल्ला यति हिमाल घुमेर यति संख्या पु¥याउनु पर्छ भन्ने सिर्जनालाई लाग्दैन । कर्णालीमा लुकेर रहेका पर्यटीय स्थानहरुलाई प्रचारमा ल्याएर कर्णाली घुम्न आउने पर्यटकहरुको लागी मात्र गन्तव्य बनाउनु छ । न त सिर्जनालाई सरकारबाट केहि बेनिफिट लिनु छ !
उसो त सिर्जनासँग अहिले न त भरिलो क्यामरा छ न त घुम्नको लागी प्रसस्त पैसा छ र पनि उनले कर्णाली न घुम्न छोडेकी छिन् न कर्णालीको तस्वीर देखाउन छाडेकी छिन् । भन्छिन् घुम्नको लागी पैसा भन्दा सबैभन्दा पहिला इच्छा शक्ति हुनु पर्ने रहेछ ।
सिर्जनाको यात्रा अरुको जस्तो खर्चिलो भड्कीलो हुदैन कहिलेकाहि त भएको गोजिको पैसा पनि खर्च गर्न हम्मे हम्मे पर्छ रे ! भन्छिन् म सहर भन्दा गाउँमा बढि हिड्छु अझ गाउँ भन्दा पनि हिमाल तिर बढि हिड्छु भएको पैसा पनि कहिलेकाहि खर्च हुने अबस्था हुदैन त्यसैले मैले घुम्नको लागी पैसा भन्दा इच्छा शक्ति चाहिन्छ भनेकी हु । कसरी घुम्ने भन्ने व्याक्तिमा भर पर्ने रहेछ ।
सिर्जनालाई कहिलेकाहि हिड्दा हिड्दा बाटो खर्चले समेत पिरोल्छ त्यो बेला उनी सबैभन्दा पहिला आफ्नो बाबा आमालाई सम्झिन्छिन् । एक पटकको यात्रामा त उनले घरबाट पैसा मागेर घुम्न निस्केकी रहिछिन् त्यो बेला भने उनलाई आमा बाबाबाट पैसा मागेर घुम्न निस्कीदा नरमाइलो लागेको रहेछ उनले भनिन् । मैले कमाएर आमा बाबालाई दिने उमेरमा उल्टो मैले मागेर आफ्नो सपना पुरा गर्न खोज्दैछु बाबा आमाले त लोक सेवा पढेर जागिर खाउ भनेकै थिए तर पनि मेरो आमा बाबा छोरा छोरीको सपनालाई जसरी पनि पुरा गर्नु पर्छ भन्ने बुझकार हुनुहुन्छ र मलाई सजिलो भएको छ ।
धेरैले सिर्जनालाई तिम्रो भोलिका दिनमा के बन्ने सपना छ र आज यस्तो काम गरिरहेकी छौ भनेर प्रश्न गर्छन् । सिर्जना भोलिको लागी भन्दा आजको लागी बाच्ने मान्छे हु भन्छिन् । ‘म भोली खत्रा काम गरेर ठुलै मान्छे बन्छु भन्ने मलाई लाग्दैन मलाई भोलि प्रति विश्वास पनि छैन जे गर्छु आजकै दिन गर्छु र खुसी पनि आज मात्रै हुन्छु आफ्नो खुसीका सपनाहरु भोलीको लागी म केहिल्यै पनि बचाएर राख्दिन उनले भनिन्, ‘मैले जीवनमा जे गर्नु छ आजै र अहिले गरेर देखाउनको लागी म जन्मेकी हु जस्तो लाग्छ,।’
कर्णालीमा कोहि धेरै धनि छन् कोहि धेरै गरिब छन् यो अबस्था अन्त्य हुन त समय लाग्ला तर मैले जीवनमा यति मात्र गर्न खाजेकी हुँ जति सकिन्छ कर्णालीको बारेमा मैले जानकारी दिनु छ र कर्णाली चिनाउनु छ यो बाहेक म सँग अरु छुट्टै पोको पारेर राखेको कुनै सपना छैनन् । सपना छन् त कर्णालीको लागी बाहिर जे देखाएकी छु मेरो सबै देखिने र मैले साचेर राखेका सपना यति हुन् उनले भनिन् ।
सिर्जनालाई घुम्नको लागी अरु ठाउँको पनि निम्तो आउने गरेको छ रे ! तर कर्णाली घुमेर नसकिने बेला सम्म सिर्जनालाई अन्त घुम्न जान मन छैन । अहिले सम्मको यात्राको क्रममा सिर्जनालाई कर्णाली घुम्न र नयाँ पर्यटकीय गन्तव्य पत्ता लागाउनको लागी कसैले पनि आर्थिक रुपमा सहयोग गरेका छैनन् । हौसला भने धेरैले दिने गरकाले आफुलाई झन उत्साहा मिलेको बताउछिन् । सिर्जनाले अहिले कर्णाली चिनाउनकै लागी आफ्नो नाममा युटुव च्यानल समेत खोलेकी छन् उनले कर्णाली घुमेका भिडियाहरु हेर्नको लागी आफ्नो युटुव च्यानललाई समेत माया गरिदिन आग्रह गरिन् ।
विवशकुमार सेजुवाल । २२ श्रावण २०७९, आईतवार १२:११