कालिकोट पचालझरनाले सुरु ग¥यो डिजिटल हाजिरी

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिका आफ्नै प्रशासनिक भवनमा सरेसँगै डिजिटल हाजिरी सुरु गरेको हो ।

एक बर्ष अगाडी देखि व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता,विभिन्न शाखाबाट हुने सिफारिस पुर्णरुपमा डिजिटल विधिबाट काम गर्दै आएको गाउँपालिकाले हाजिरी भने पहिलो पटक डिजिटल रुपमा प्रयोगमा ल्याएको हो ।

सूचना प्रविधि विभाग गैह्रिगाउँ–९, तिनकुने, काठमाडौंको सहयोगमा गाउँपालिकालाई प्रदान गरेको उपकरण सहितको डिजिटल हाजिरी ०८० भाद्र महिना देखि परिक्षणको रुपमा संचालनमा ल्याइएको थियो । परिक्षण गर्दा विश्वनियता देखिएपछि २५ मंसिर देखि पूर्णरुपमा कार्यन्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

डिजिटल हाजिरीले कार्यालय समयमा कर्मचारी उपस्थित भएको वा अनुउपस्थित भएको सबै विवरण कम्प्युटमा रेकर्ड रहने भएकाले डिजिटल हाजिरी प्रणाली लागु गरिएको गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले बताए । कुनै अतिआवश्यक काज वा विदा लिदा घरमै बसि मोबाइलको माध्यमबाट विदाको स्वीकृत लिने सकिने भएको हुदा यसले कार्यालयको काममा प्रभावकारीता देखाउने उनले विश्वास व्यक्त गरे ।