सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सुर्खेत पुगेर कार दुर्घटनामा निधन भएकी डा. सन्जु खड्काको परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ । उहाँले वीरेन्द्रनगर ८ इत्रामस्थित निवासमा पुगेर खड्काको परिवारलाई समवेदना दिनुका साथै स्वर्गीय डा. खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
खड्काको जेठ १६ गते काठमाडौंदेखि सुर्खेत आउने क्रममा बाकेमा सडक दुर्घटनामा परि निधन भएको थियो । स्वर्गीय डा. खड्का कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काकी धर्मपत्नी, उपप्रधानमन्त्री एवं काङ्ग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काकी भाइ–बुहारी र काङ्ग्रेसका सुर्खेत जिल्ला उपसभापति विष्णु खड्का र ईन्जिनियर कृष्ण खड्काकी भाउजू हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले स्वर्गीय डा. सन्जु खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो । श्रीकृष्ण सस्कृत तथा साधारण मावि इत्रामको अध्यक्ष रहनुभएकी डा. खड्का समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।
झिल्को खबर । २३ जेष्ठ २०८०, मंगलवार २२:१२