सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्राबिधिक शिक्षा तर्फ एमबिबिएस पढ्न छात्रवृत्ति दिने भएको छ ।
शुक्रवार आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देबराज शाही ‘अग्नी’ले प्राविधिक शिक्षा तर्फ कक्षा १२ मा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई गाउँपालिका सरकारको तर्फबाट छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।
अध्यक्ष शाहीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका भित्रका विद्यार्थीलाई प्राविधिक धारको शिक्षा अर्थात एमविविएस पढ्नको लागि छात्रबृद्वि उपलब्ध गराउने उल्लेख गरिएको छ ।
उक्त निर्णय कार्यन्वयनको लागि कार्यविधि बनाएर कार्यन्वयन गरिने अध्यक्ष शाहीले बताए ।
यस्तै गाउँपालिका भित्र गुणस्तरीय नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन गर्न कभभ परिक्षामा उत्कृष्ट भएको विद्याय, प्राधानाध्यापक र विद्यार्थीलाई शिक्षा दिवसको अबसरमा सम्मान समेत गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
झिल्को खबर । ९ असार २०८०, शनिबार ११:२७