सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा सदस्य एवं संसदीय दल नेता, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले विहिवार निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन तथा निरिक्षणका क्रममा नेता शाहीले रंगशालाको पछिल्लो प्रगतिका बारेमा जानकारी लिनुका साथै रंगशाला निर्माणको कामलाई तोकिएको सयमसीमा भित्र सक्ने गरी काम गर्न निर्माण कम्पनिलाई निर्देशन दिए ।
अनुगमन तथा निरिक्षणका क्रममा पूर्व मुख्यमन्त्री शाहीले सुरुवातीका दिनमा कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउछौ भन्दा कसैले विश्वास नगरेको भन्दै हिजोका दिनमा जस–जसले खिसिटिउरी गरेका थिए उनिहरु नै अहिले रंगशाला बनेकोमा खुसी भएको बताए ।
‘संयुक्त सरकार भएको बेला कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पालामा बजेट विनियोजित ग¥यौ । रंगशाला बनाउनेमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले भनेको कुरामा म पोजेटिभ भए र मैले सिल्यान्यास गरे, ‘उनले भने,’ ‘यो काम गर्छौ भन्दा धेरैले अपर कर्णालीका मान्छेको पनि बुद्धि हुन्छ र ? भन्ने थियो आज प्रथम मुख्यमन्त्री,म र सदस्य सचिव अपर कर्णालीका थियौ र त्यो प्रमाणित गरेर देखायौ ।’
‘यो रंगशाला बनाउने बेला धेरैले प्रथम मुख्यमन्त्री महेन्द्र शाही र मलाई पैसा खाए भनेका थिए आज त्यो भन्ने ठाउँ हामिले राखेका छैनौ,’ ‘उनलेभने,’ ‘बरु रंगशाला कर्णालीको एक पर्यटकीय स्थल बनेको छ । जो मान्छे आज कर्णाली आउछन् ती मान्छे रंगशाला हेरेर जान्छन् म खुसी छु ।’
विवशकुमार सेजुवाल । २६ पुष २०८०, बिहीबार १६:२१