पुरानो ऋण तिर्दैमा कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही निति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकार स्थापना भए देखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको बताएका छन्

शुक्रवार कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताए । अघिल्लो सरकारले ल्याएका बहुबर्षिय योजनाका कारण ती योजनाहरुलाई पुरा गर्न आफ्ले निरन्तरता दिएको र त्यहि कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए ।

अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’ नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मूल उदेश्य हुने उनले बताए । अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।