एसओएस हर्मन माइनर स्कुल सुर्खेतको ३४ औं अभिभावक दिवस सम्पन्न

सुर्खेत । एसओएस हर्मन माइनर स्कुल सुर्खेतले प्रतिकुल मौसमका बीच ३४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

मौसमी प्रतिकुलताका बीचमा पनि स्कुलले ३४ औं अभिभावक दिवसमा विभिन्न नृत्य, पिटी परेड र मार्चपास प्रस्तुत गरेको थियो ।

उक्त कार्याक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा.गंगा बहादुर गुरुङले एसओएस नेपालका ४५ वटा परियोजना मध्ये सुर्खेत प्रथम स्थानमा रहेको बताउदै उनले यो स्तर निरन्तर कायम राख्नको लागि अभिभावक, विद्यार्थी र स्कुलको समन्वय र सहकार्य निरन्तर हुन आवश्यक रहेको बताए ।

एसओएस हर्मन माइनर स्कुल सुर्खेतका प्राचार्य हरिहर बस्नेतले मौसम प्रतिकुल हुदा पनि विद्यार्थीहरुको धैर्यता र अभिभावकको उपस्थितिले आफु निकै खुसी रहेको बताए । ‘मौसम प्रतिकुल थियो अतिथिज्यूहरु पनि समयमै पुग्नु भयो । कार्यक्रमको अबधिभर धैर्यताका साथ बसिदिनु भयो स्कुल प्रति देखाएको यो माया प्रति म स्कुल परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु प्राचार्य बस्नेतले भने,।’

कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिकाले विभिन्न भेषभूषाका नृत्य प्रस्तुत गरेका थिए भने सुर्खेत वीरेनद्रनगर नगरपालिका वडा नं. ४ ले विद्यालयलाई प्रसंसा पत्र प्रदान गरेको थियो । विद्यालयले विभिन्न खेल विधाका बिजयी खेलाडीहरुलाई मेडल,प्रसंसा पत्र र नगद सहित पुरस्कृत गरेको थियो ।

नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु
तेक्वान्दोको डेमो प्रस्तुत गर्दै विद्यार्थीहरु
नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु