सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ।
आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए ।
उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो ।
जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए ।
‘राति अचानक तार सर्ट भएर आगलागी भएको रहेछ, कार्यकक्षमा भएको टेबुल, सोफा लगायतका सामग्रीमा क्षति पुगेको छ,’ उनले भने ।
आगलागीबाट दुईदेखि साढे लाख रुपैयाँसम्मको सामग्री क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।
झिल्को खबर । २५ पुष २०७९, सोमबार १४:३१