सुर्खेत । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नन्दा बस्यालले स्वर्ण जितेकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्य समेत रहेकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् ।
५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दा सहितका खेलाडी सहभागी छन् । खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई समेत निरन्तरता दिदै आएकी छिन् ।
झिल्को खबर । ७ श्रावण २०८०, आईतवार १५:४३