करारबाट कमाल गर्न खोज्दाको परिणाम ।

उति बेला मान्छे ले जीवनयापन गर्नकोलागि गास,बास र कपास मात्र भए पुग्थ्यो । समयको विकास क्रम सँग–सँगै आजको दिनमा वित्तीय सेवा पनि जीवनयापनको लागि एक अपरिहार्य भएको छ । बिडम्बना पछिल्लो समय वित्तीय संस्थाहरु संचालनको क्रममा देखिएको बिकृति र अस्वस्थ प्रतिस्पर्धाको कारण आन्तरिक तथा बाहृय ग्राहकहरुमा बढेको शारीरिक र मानसिक तनाब ले गर्दा पछिल्लो समय वित्तीय क्षेत्रमा दिन प्रतिदिन मान्छेहरुको आकर्षण घट्दै गएको देखिन्छ ।

समाजमा एक थरि मान्छेहरु बैंक तथा बित्तीय संस्थाहरु ले ज्यादती गरेको भनेर संघर्ष समिति नै बनाएर लामो समय देखि चित्कार गरि रहेका छन् । भने एक थरि बैंक तथा वित्तीय संस्थाहरु भन्दा पुरानै साहु महाजन ठिक थिए भन्ने जमात पनि दिनप्रति दिन बढ्दै गएको पाईन्छ । बाँकी रहेकाहरु पनि पछिल्ला घटना क्रमहरुबाट प्रभावित भएर होला । बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न डराउनु पर्ने अवस्था सृजना भएको छ । वित्तीय सेवा जीवनयापनको लागि अपरिहार्य भएको अवस्थामा यस्तो प्रतिकूल वातावरण सृजना हुनुको मुख्य कारण भनेको करारबाट कमाल गर्न खोज्दाको परिणाम हो । एक दशक अघि बैंक तथा वित्तीय संस्थाहरु पनि सीमित मात्रामा थिए । लगानीकर्ता,वित्तीय संस्थामा आवद्ध आन्तरिक र बाहृय दुबै किसिमका ग्राहकको भविश्य पनि सुनिस्चित थियो ।

पछिल्लो समय संचालनमा आएका नयाँ वित्तीय संस्थाहरु ले चाँडै स्थापित हुनकोलागि बिभिन्न रणनीति अपनाएका थिए । जसमा संकुचित सोच राखेर कर्मचारी खर्च कम गरेर बजारमा अरु भन्दा चाडै अब्बल ठहरिन सुरुवाती चरणमा स्थानियलाई करारमा नियुत्तफ् गर्नु पनि एक थियो । उत्तफ् कार्य अल्पकालीन रुपमा त्यति बेला थोरै लाभदायक भएता पनि दिर्घकालीन रुपमा घातक साबित भएको छ । कालन्तरमा आफ्नो भबिश्य सुनिश्चित हुने आशामा स्थानिय करारको कर्मचारी ले आफ्नो सेवा अवधि निरन्तरताको लागि हरेक आइडिया लगाएर व्यवसाय बिस्तार गरेको देखेर सबै जसो वित्तीय संस्थाहरु ले त्यसको सिको गर्दै केहि संस्थामा त अझ मार्केटिङको सम्पुर्ण जिम्मेवारी नै करारका कर्मचारीलाई सुम्पिदा तत्कालिन समयमा वित्तीय संस्थाको संख्यात्मक व्यवसाय बढेको देखियो तर गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुन सकेन । यसको साथै नियमनकारी निकायको फितलो अनुगमन,ज्ञान र सीपकोलागि भन्दा पनि पदकोलागि सीमित समयमा संस्था परिर्वतन गरि रहने आन्तरिक ग्राहक र चरा ले गुड सारे जसरी बसाई सारी रहने बाहृय ग्राहकको कारण पनि यो अवस्था आउने निश्चित थियो ।

सार्वजनिक सम्पतिको रुपमा रहेको वित्तीय क्षेत्र यो अवस्थामा आई पग्दा पनि नियमनकारी निकायको साथै अन्य सरोकारवाला निकायहरु अझै गम्भिर भएको देखिदैन । नियमनकारी निकाय ले वित्तीय संस्थाहरुका फूलबुट्टा भरेर सिंगारिएका त्यहि वासलत र वित्तीय विवरण हेरेर कहिले सम्म नजरअन्दाज गरि रहने ? वित्तीय संस्थाहरु ले प्रकाशित गरेका गत आर्थिक वर्ष २०७९र०८० को वित्तीय विवरण हेर्दा लाग्छ केहि वित्तीय संस्थाहरु सामान्य अवस्थामा छन् । भने केहि वित्तीय संस्थाको अवस्था निकै चिन्ताजनक छ । वास्तविकता भने यो होईन । काम गर्ने कार्यक्षेत्र,ग्राहकको साथै अन्य सबै पक्षहरु समान छ । तर वित्तीय विवरणमा भने यस्तो अस्वभाविक भिन्नता कसरी भयो ? सोझै अनुमान गर्न सकिन्छ । नियमनकारी निकाय ले यि दुई थरिका वित्तीय संस्थाहरुको साथै अन्य पक्षहरुको समेत सुक्ष्म रुपमा अध्ययन गरेर लगानीकर्ता,वित्तीय संस्थाका आन्तरिक र बाहृय ग्राहकहरु सबैको भविश्य सुनिश्चित गर्न कठोर निर्णय गर्न ढिला भई सकेको छ ।

लेखक एनएमबि लघुवित्त वित्तीय संस्था लि.लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन् ।