सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको प्रथम यु–१५ विद्यालय खेलकुद प्रतियोगिता रग्बी बिधाको महिला÷पुरुष दुबै उपाधि कर्णाली प्रदेशले जितेको छ ।
विहिवार सम्पन्न भएको उक्त प्रतियोगितामा महिला÷पुरुष दुबै उपाधि कर्णालीले जित्यो भने महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ कोसी प्रदेश दोस्रो भएका छन् । त्यस्तै पुरुषतर्फ मधेश प्रदेश र महिलातर्फ सुदूर पश्चिम प्रदेश तेस्रो भएका छन् ।
यो सँगै कर्णाली प्रदेशले ५ स्वर्ण,२ रजत, र १ कास्य गरी जम्मा ८ पदक जित्न सफल भएको छ । प्रतियोगिता जेठ ३० गतेदेखि संचालन भएको थियो समापन बिहिवार भएकोम छ ।
झिल्को खबर । ३१ जेष्ठ २०८१, बिहीबार २०:०५