कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको जिल्लास्तरीय स्वास्थ्य क्रियाकलापहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी साथै स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताए।

सूचनाको हकको कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए।सबै सरकारी कार्यालयले आफ्ना गतिविधिहरु त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने बताए।
समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा गरे। त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकता अनुसार काम गर्ने प्रतिवद्धता जनाए।

विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवाभावको मनसायबाट सेवा प्रवाह गर्न सुझाव दिए। सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने बताए।

औषधिजन्य फोहोरमैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयमसेविका लगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने बताए।