सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले आफ्नो जन्मदिनको अवसरमा बादी समुदायका बालबालिकालाई सहयोग गरेका छ्न् ।
सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाल द्वारा संचालनमा रहेको आवाशगृहमा स्टेसनरी तथा खाद्यान्न सहयोग गरी बालबालिकासंगै डाक्टर शाहीले जन्मदिन मनाएका छन ।
उक्त आवाशगृहमा कर्णालीका बादी समुदायका बालबालिकाहरुलाई अध्यन गर्ने गर्छन् । जहाँ उनिहरुलाई खान र बस्नको सुविधा पनि रहेको छ ।
बादी समुदायका बालबालिकाको निम्ती केही सहज होस भनी आवश्यक सहयोग गरेेको डा शाहीको भनाई रहेको छ ।
झिल्को खबर । १० श्रावण २०८१, बिहीबार २०:५२