काठमाडौं । मोहम्मद रिजवानको ६३ रन प्रेरित पाकिस्तानले बुधबार राति इङ्ल्यान्डविरुद्धको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ रनको रोमाञ्चक जित निकालेको छ । जितसँगै सात खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय पाकिस्तानले ३–२ को अग्रता लिएको छ ।
इङ्ल्यान्डलाई अन्तिम ६ बलमा १५ रन आवश्यक थियो । कप्तान बाबर आजमले डेब्यु गरेका आमर जमाललाई अन्तिम ओभरमा विश्वास गरे । जमालले कप्तानको विश्वासलाई सही सावित गरिदिए । क्रिजमा इङ्ल्यान्डका डेविड विले शून्य र मोइन अली रन बनाएर क्रिजमा थिए ।
डेब्यु गरेका जमालले डेथ ओभरमा कसिलो बलिङ गरेपछि इङ्ल्यान्डका अली र विलेले ८ रन मात्र बनाउन सकेपछि पाकिस्तान ६ रनको विजय विजय हासिल गर्न सफल भएको हो । १४६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ७ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । त्यसअघि रिजवानले ६३ रन बनाएपछि पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पाकिस्तानको एक इन्डबाट विकेट गइरहँदा अर्को इन्डबाट रिजवानले रन बनाएका थिए । रिजवानले ४६ बलमा २ चौका र ३ छक्कासहित ६३ रन बनाए । इफ्तिखर अहमदले १५ र जमाललले १० रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
इङ््ल्यान्डका मार्क उडले ३ विकेट लिए भने साम कुरान र डेविड विलेले समान दुई विकेट लिए । क्रिस वक्सले एक विकेट लिए ।
१४६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका लागि कप्तान मोइन अलीले सबैभन्दा धेरै अविजित ५१ रन बनाए । डेविड मालनले ३६, साम कुरानले १७ तथा बेन डुककेट र क्रिस वक्सले समान १० रन बनाए ।
पाकिस्तानका हरिस रौफले दुई विकेट लिए भने मोहम्मद नवाज, मोहम्मद वासिम, शादब खान, जमाल र अहमदले एक एक विकेट लिए ।
पाकिस्तानले छैटौं खेल शुक्रबार खेल्नेछ ।
झिल्को खबर । १३ आश्विन २०७९, बिहीबार ०९:४०