सुर्खेत, नेपाली काँग्रस कर्णाली प्रदेशले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई गठबन्धनको भएको सहमतिलाई कार्यन्वयन गर्नको लागि निर्देशन दिएका छ ।
सोमवार प्रदेश पार्टी सभापति लिलत जंग शाहीको अध्यक्षता र कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य जीवन बहादुर शाहीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय हो ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिक निर्बाचनका लागि सल्यान जिल्ला बाहेक ९ वटा जिल्ला बाट प्रक्रिया पूरा गरि आएका सिफारिस लाई केन्द्रिय सर्कुलर बमोजिम प्रदेश कार्यसमिति ले राय लेख्दै पठाउने निर्णय गरेको नेपाली काँग्रेस कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले झिल्को खवरलाई जनकारी दिए ।
कार्यसमितिको बैठकमा प्रदेश सभापति सभापति ललित जंग शाहीले केन्द्रको निर्णयलाइ आत्मसात गर्दै प्रदेशमा पार्टीलाई पहिलो बनाउन सबैले एकताको सन्देश लियर लाग्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।
केन्द्र पार्टीले सबैको भाबनाको प्रतिनिधित्व हुने गरि उम्मेदवार छनौट गर्ने र त्यसको लागि प्रदेशले पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए ।
झिल्को खबर । २१ भाद्र २०७९, मंगलवार ०८:४०