खेलकुद पूर्वाधार निर्माण गर्न संघको भर नपरौं नेता – कडेंल

सुर्खेत । नेकपा एमालेका नेता एवं नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य यमलाल कडेंलले कर्णाली प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण गर्न संघीय सरकारको भरमा भन्दा प्रदेश सरकारले आफै निर्माण गर्न तिर लाग्नु पर्ने बताएका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशसँग प्रतियोगिता आयोजना गर्ने दिनहरु अब धेरै नरहेको भन्दै नेता कडेंलले जति सक्दो खेलकुदका पूर्वाधार निर्माण गर्न तिर लाग्नु पर्ने बताए ।

एसओएस बालग्राम सुर्खेतले आयोजना गरेको जिल्ला स्तरीय बास्केट बल प्रतियोगिताको उद्घाटन गर्दै नेता कडेंलले यस्तो बताएका हुन् । उनले पैसा मात्रै भएर काम नहुने भन्दै कर्णालीमा निर्वाधिन खेलकुदका पूर्वाधार बेलैमा सम्पन्न गर्न सके मात्रै कर्णालीले १० औं राष्ट्रिय खेलुकद प्रतियोगिता आयोजना गर्न सक्ने बताए ।

‘कर्णाली प्रदेशले प्रतियोगिता आयोजना गर्ने भन्दा पनि आफुले आयोजना गरेको खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी उल्लेखनिय पदक कसरी ल्याउने त्यसको तयारी थाल्नु पर्छ, ‘नतो कडेंलले भने,’ ‘यसको लागि म आफ्नो तर्फबाट खेलकुद क्षेत्रलाई सक्दो सहयोग गर्ने छु,।’

कर्णालीको खेल क्षेत्रमा एसओएस हर्मन माइनर विद्यालयले ठुलो योगदान गरेको भन्दै यस विद्यालयबाट सिक्दै अन्य विद्यालयले पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीमा लाग्नु पर्ने बताए ।

यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भएकोले अब देखि एसओएस हर्मन माइनर विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिता जस्तै अन्य विद्यालयहरुले र कर्णालीका प्रत्येक स्थानीय तहमा गाउँ, टोल सम्म खेलकुद प्रतियोगिता आयोजना गरिनु पर्ने बताए ।

एसओएस बालग्रामको आयोजनामा शुक्रवारबाट सुरु भएको जिल्ला स्तरीय बास्केट बल प्रतियोगिता पौष ३ गतेसम्म संचालन हुने एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हिरिहर बस्नेतले जानकारी दिए ।

नृत्य प्रस्तुत गर्दै एसओएस हर्मन माइनर स्कुलका विद्यार्थी