सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले संघीय सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग मुटु रोग विभाग विस्तार र क्यान्सर रोग उपचारको शुरुवातको लागि माग गरेको छ ।
विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति योजना तथा अनुगमन महाशाखाबाट क्यान्सर र मुटु रोग सल्यक्रिया सेवा विस्तारका लागि अध्ययन गर्न आइपुगेको सम्बन्धित बिषय विज्ञ टोलिसँग प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले मुटु रोग विभाग र क्यान्सर उपचारको शुरुवातको लागि माग गरेका हुन् ।
संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा यो भन्दा अघि जनकपुर अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटु रोग विशेषज्ञ चिकित्सक पठाए पनि जनकपुर अस्पतालले आफ्नो विशेषज्ञ चिकित्सक मार्फत सेवा दिइरहेकाले त्यहाँ खटाइएको चिकित्सकको कोटा खालि जस्तै भएको छ । त्यहाँ पठाउने गरेको चिकित्कको कोटा प्रदेश अस्पताल सुर्खेतमा पठाइदिन अस्पतालमा निर्देशक प्रा.डा. खड्काको उक्त टोलि मार्फत स्वास्थ्य तथा मन्त्रालय र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग आग्रह गरे ।
‘यो भन्दा अघिल्ला आर्थिक बर्षहरुमा संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश अस्पताल सुर्खेतलाई सहयोग भइरहे पनि यो बर्ष भने कुनै सहयोग आएको छैन, ‘निर्देशक प्रा.डा. खड्काले भने,’ ‘मुटु रोग विभाग विस्तार र क्यान्सर उपचारको शुरुवात गर्नका लागि मन्त्रालय र गंगालाल राष्ट्रिय हृदय केन्द्रले गरेको पहल प्रति खुशि व्यक्त गर्छु ।’
क्यान्सर रोग उपचारको लागि पूर्वाधारहरु तयारी अबस्थापमा देखिए पनि विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको अध्ययन टोलिका सदस्य बरिष्ठ अस्पताल नर्सिङ सकुन्तला प्रजापतीले जानकारी दिइन् ।
प्रजापतीका अनुसार मुटुको सल्यक्रियको लागि भने पहिलो मुटुको अरु उपचार भएर त्यो युनिट राम्ररी स्थापित भए पछि मात्र अन्य सल्यक्रियाको सेवा विस्तारै हुने भन्दै त्यसको लागि तयारी अलि बडि नै गर्नु पर्ने उनको भनाई छ ।
सात वटै प्रदेशमा क्यान्सर र मुटु रोग सल्यक्रिया सेवा स्थापनाको लागि संघीय सरकारले निति तथा कार्यक्रममा ल्याएको हुनाले त्यसको अध्ययन गर्न विहिवार अध्ययन टोलि डा. विवेश आचार्य,नविन चन्द्र गौतम, रोजिता तन्दुकार र सकुन्तला प्रजापती प्रदेश अस्पताल सुर्खेत आइपुगेका थिए ।
अहिलेसम्म अध्ययन भएका अन्य प्रदेशको भन्दा कर्णाली प्रदेशमा सेवा संचालन गर्न राम्रो भएको अध्ययन टोलिको भनाई छ ।
झिल्को खबर । २१ असार २०८१, शुक्रबार ०९:१९