मध्यपश्चिम विश्वविद्यालयको दुई दिने सृजनात्मक लेखन कार्यशालामा महानायक हमालको विशेष सहभागिता

फाइल फोटो

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तरर्राष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित दुई दिने सृजनात्मक लेखनसम्बन्धी कार्यशालामा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको विषेश सहभागिता रहेको छ ।

उक्त कार्याशालामा फाइन प्रिन्ट फिभरको संयोजनमा घुम्ती साहित्य उत्सव श्रृखता अन्तर्गत कार्तिक २८ गतेदेखि सुरु भएको सो कार्यशालामा विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेशले विश्वविद्यालयहरू कला र सृजनशीलताको खानी भएको बताउँदै यस्ता कार्यक्रमहरूले समाजमा साहित्यिक चेतना फैलाउन टेवा पुग्ने बताए । यस्तै उक्त कार्यक्रममा चर्चित लेखक सुविन भट्टराई सहित विभिन्न विषयका विज्ञहरूले आफ्ना आ–आफ्ना विधामा प्रस्तुति दिएका थिए।

कार्यक्रमका अध्यक्ष तथा विश्वविद्यालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले प्रदेशलाई शैक्षिक हबका रूपमा विकसित गर्न यस्ता रचनात्मक कार्यक्रमलाई विश्वविद्यालयले निरन्तरता दिने बताए।कार्यशालामा अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक ज्ञवालीसहित योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक डा. विष्णुकुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य, स्थापित लेखक डा. नवराज केसी, रमेश भुसाल, डा. रेशमबहादुर विष्ट, ददि सापकोटा, भूमिश्वर पौडेल सहितले सहजीकरण गरेका थिए ।

यसैबीच, सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेज्मेन्टमा अध्ययनरत विद्यार्थीहरूलाई अभिनेता हमालले आइतबार बिहान अतिथि कक्षा सञ्चालन गरी आफूले हासिल गरेको ज्ञान तथा अनुभव साझा गरेका थिए ।