
सुर्खेत । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा आसन्न मंसिर २ देखि ९ गतेसमम कर्णाली प्रदेशमा आयोजना हँुने दशांैै राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले सहभागि खेलाडीहरुको स्थानीय यातायात र खाना,बासको व्यवस्था गर्ने भएको छ ।
विहिवार काठमाडौंमा बसेको तयारी बैठकमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी,व्यवस्थापकहरुको लागि आयोजक प्रदेशका कर्णाली प्रदेशले स्थानीय यातायात र खाना,बासको व्यवस्थापन गर्ने जानकारी गराएका थिए ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बैठकमा प्रस्तावित खेल र कर्णाली प्रदेशमा आयोजना हँुने सम्भावित स्थानहरुको समेत छलफल भएको छ । परिषदका सदस्य सचिब टंकलाल घिसिङको अध्यक्षतामा सम्पन्न बैठकमा निर्देशिका संसोधन, टिम तयारी, खेल तालिकालगायत कर्णाली प्रदेशमा नै पहिलो पटक आयोजना हुने पारा राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा छलफल भएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशमा २४ खेल आयोजना हुँने भएका छन् । प्राय खेल इभेन्ट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने गरी प्रस्ताव गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए । मानवीय जनशक्ति व्यवस्थापन र खेल तालिका अनुसार भने केहि खेलहरु औपचारिक उद्घाटन पूर्व नै सम्पन्न हुँने गरी प्रस्तावित छलफल भएको छ ।
कार्तिक २७ गते सुरु हुने प्रस्तावित खेलहरुमा महिला फुटबल, उशु, बास्केटबल महिला÷पुरुष, जुडो, तेक्वान्दो र महिला÷पुरुष हक्की रहेका छन् । त्यस्तै कार्तिक २८ गते महिला÷पुरुष ह्याण्डबल सुरु हुनेछ भने कार्तिक २९ गते महिला पुरुष क्रिकेट, फेन्सिङ र मंसिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु हुनेछ ।
कर्णालीको कुन जिल्लामा कुन खेल आयोजना हुन्छ यस्तो छ तालिका ।
झिल्को खबर । २८ असार २०८१, शुक्रबार ०७:०६