सुर्खेत । प्रदेश अस्पताल सुर्खेत न्युनतम् सेवा मापदण्डमा अघिल्लो पटकभन्दा ६ अंकले अगाडी आएका छ ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल सुर्खेत वि.सं.२०७९ सालमा ७९ प्रतिशत अङ्कभार सहित देशकै उत्कृष्ट अस्पतालमा छनोट भएको थियो । वि.सं. २०८१ सालमा भने अस्पतालले न्युनतम् सेवा मापदण्डमा ८५ प्रतिशत अङ्कभार ल्याउन सफल भएको छ । अस्पताल न्युनतम् सेवा मापण्ड मुल्याङ्कन भन्दा यो बर्ष ६ अंकले अगाडी आएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।
निक् साइमन इन्स्टिच्युटको प्राविधिक सहयोग र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी बुधवार प्रदेश अस्पताल सुर्खेतको अध्ययन गरेको थियो ।
सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले यो बर्ष ८५ प्रतिशत अङ्कभार प्राप्त गरेको हो ।
अस्पतालबाट प्रदान गरिएका सम्पूर्ण गतिविधि र सेवाहरु यस न्युनतम् सेवा मापदण्डमा नसमेटिने हुँदा यस अंकलाई पूर्णरुपले यसै अंकका आधारमा मात्र मुल्याङ्कन गर्न नहुँने अस्पताल नर्सिङ विभाग प्रमुख सकुन्तला सापकोटाको भनाई छ ।
‘अस्पतालले प्रदान गर्दै आएका अन्य सेवाहरु पनि थुप्रै छन् जो न्युनतम् सेवा मापदण्ड भित्र पर्दैनन् । त्यो समेत जोडेर न्युनतम सेवा मापदण्डको मुल्याकङ्कन गर्ने हो भने हाम्रो अस्पताल ९० देखि ९२ अंकको हाराहारीमा पुग्न सक्थ्यो,’ ‘अर्सिङ विभाग प्रमुख सापकोटाले भनिन्, ‘अघिल्लो पटकको अंकभार भन्दा यो पटक ६ अंकले अगाडी छौ अबको केहि समयमा हामि ९० देखि ९२ अंकको बराबरमा पुग्छौ ।’
अस्पतालमा पछिल्लो समय १६ वटा विभागद्वारा विभिन्न सेवाहरु प्रदान हुँदै आइरहेको छ ।
झिल्को खबर । ७ कार्तिक २०८१, बुधबार २१:४०