कर्णाली खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कटुवाल

सुर्खेत । कर्णाली खोज पत्रकारिता केन्द्रको अध्यक्षमा सक्रिय पत्रकार ज्योती कटुवाल चयन भएकी छन् ।

शुक्रवार गठन भएको कार्यसमितिमा अध्यक्ष ज्योती कटुवाल,उपाध्यक्ष लक्ष्मी भण्डारी, सचिव यज्ञ खत्री, सह–सचिव मुना हमाल,कोषाध्यक्ष हिक्मत नेपाली, सदस्यमा दीपकजंग शाही र सरिता चलाउने चयन भएका हुन् ।

कर्णालीमा खोज पत्रकारिताकाको अभ्यास र विकासका लागि कर्णालीमा रहेर खोज पत्रकारिता गरिरहेका पत्रकारहरुको संलग्नतामा कर्णाली खोज पत्रकारिता केन्द्रको गठन गरिएको अध्यक्ष कटुवालको भनाई छ ।