प्रदेश अस्पताल सुर्खेतमा विरामी कुरुवा घर र प्रोस्थेटिक्स एण्ड अर्थोपेडिक ब्लकको शिलान्यास

प्रोस्थेटिक्स एण्ड अर्थोपेडिक ब्लकको शिलान्यास गर्दै अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्का र अस्पताल विकास समितिका अध्यक्ष प्रेम बहादुर घले ।

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा विरामी कुरुवा घर र प्रोस्थेटिक्स एण्ड अर्थोपेडिक ब्लकको शिलान्यास गरिएको छ ।

शनिवार अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्का र अस्पतालका विकास समितिका अध्यक्ष प्रेम बहादुर घलेले संयुुक्त रुपमा दुबै भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काले प्रदेश अस्पताल सुर्खेतमा निर्माण हुँन लागेको विरामी कुरुवा घर नेपालमै नयाँ भएको बताएका छन् । सरकारी अस्पतालहरुमा यस्तो कतै नभएको भन्दै उनले कर्णाली प्रदेशबाट विरामी कुरुवा घर निर्माणको शुरुवात भएको बताए ।

‘प्रदेश राजधानी भन्दा बाहिरबाट प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आउने विरामी र विरामीका कुरुवाले महङ्गो पैसा खर्च गरी होटेलमा बस्नु पर्ने अहिले जुन बाध्यता छ अब यो विरामी कुरुवा घर निर्माण पश्चात विरामी र विरामी कुरुवाले यस्तो दुःख झेल्नु पर्ने छैन,‘निर्देशक प्रा.डा. खड्काले भने,’ ‘बाहिर होटेलको भन्दा सस्तोमा अस्पतालले कोठा उपलब्ध गराउने छ । यसले गर्दा राजधानी भन्दा बाहिरका विरामीहरुको लागि धेरै ठुलो राहत मिल्ने छ ।’

आज शिलान्यास गरिएको विरामी कुरुवा घर निर्माणका लागि कुल लागत अनुमान भ्याट बाहेक रु.६,८२,२५,८१७ रुपैँया १७ पैसाको गरिएको भए पनि निर्माण कम्पनी गेहेन्द्र लक्ष्मी निर्माण सेवा सिन्धुपाल्चोकले भने ३३.४९ प्रतिशत घटेर भ्याट बाहेक रु.५,७५,८,७३४ रुपैया ६७ पैसामा वि.सं. २०८१ भदौ ९ गते काम शुरु गर्ने गरी सम्झौता गरेको छ ।

बीस महिना भित्र निर्माणको काम सक्ने गरी सम्झौता गरेको निर्माण कम्पनी गेहेन्द्र लक्ष्मी निर्माण सेवा सिन्धुपाल्चोकले वि.सं. २०८२ चैत्र ३० गते भित्र निर्माणको काम सकी प्रदेश अस्पतालाई संरचना हस्तान्तरण गरिसक्नु पर्ने छ ।

प्रदेश अस्पताल सुर्खेतमा विरामी कुरुवा घरको शिलान्यास गर्दै अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्का र अस्पताल विकास समितिका अध्यक्ष प्रेम बहादुर घले ।

विरामी कुरुवा घर भने तीन तलाको निर्माण हुँने छ । पहिलो भुँई तलामा विरामी र विरामी कुरुवाहरुको लागि सस्तोमा सपिङ्ग मल बन्ने छ भने एका तिर रेष्टुरेन्ट निर्माण हुँने छ । यस्तै पहिलो र दोस्रो तलामा भने विरामी कुरुवा र विरामीहरुको लागि प्रयोगमा ल्याइने छ ।

यस्तै पुराना प्रदेश अस्पतालको उत्तर तिर भने पोर्थेटिक एण्ड अर्थोपेडिक ब्लकको शलान्यास गरिएको छ । आजै शिलान्यास गरिएको पोर्थेटिक एण्ड अर्थोपेडिक ब्लकको कुल लागत अनुमान भ्याट बाहेक रु.१,७०,११,९७६ रुपैँया ९७ पैसाको गरिएको भए पनि निर्माण कम्पनी एल.डी.थ्री.फ्युचर वर्कश प्रा.ली.ले भने २४.७३ प्रतिशत घटेर भ्याट बाहेक रु.१,११,०२,२९३रुपैया १ पैसामा वि.सं. २०८१ असार १८ गते काम शुरु गर्ने गरी सम्झौता गरेको हो । निर्माण कम्पनी एल.डी.थ्री.फ्युचर वर्कश प्रा.ली.ले ६ महिना भित्र काम सम्पन्न गरी वि.सं. २०८१ पौष १६ गते भित्र काम सम्पन्न गरिसक्नु पर्ने छ ।

पोर्थेटिक एण्ड अर्थोपेडिक ब्लकमा कृतिम हात खुट्टा र अपाङ्गता भएका विरामीहरुको लागि चाहिने विभिन्न कृतिम साधनहरु उद्पादन गरिने वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. विकास केसीले बताए । डा. केसीका अनुसार अहिलेसम्म यस्ता साधनहरु लिनको लागि विरामीहरुले नेपालगंज जानु पर्ने बाध्यता छ यो ब्लक निर्माणको काम सम्पन्न पछि कर्णालीका यस्ता खालका विरामीहरुले कर्णालीमै कृतिम हात खुट्टा र अन्य साधनहरु पाउने छन् ।

निर्माण सम्पन्न प्रश्चात यस्तो देखिने छ विरामी कुरुवा घर ।