सुर्खेत । कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा शुरु भएको मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा कर्णाली प्रदेशमा शनिवार देखि शुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट कर्णालीका क्रिकेट खेलाडीहरुले यो प्रतियोगितालाई ठुलो अबसरको रुपमा लिनु पर्ने बताए ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दुई अंकको गोल्ड मेडल जित्ने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री कडेँलले त्यसको लागि सबै खेलाडीहरुलाई आफ्नो तयारी थाल्न निर्देशन दिए । कर्णाली प्रदेश सरकारले खेलकुदको क्षेत्रमा प्रयाप्त मात्रमा बजेट अहिले दिन नसकेको भए पनि त्यसको लागि सरकारले आवश्यकताको आधारमा थप खेल क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए ।
प्रतियोगिता यहि असार ८ देखि १४ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा कालिकोट,जुम्ला, रुकुम पश्चिम,जाजरकोट,सल्यान,दैलेख र सुर्खेत गरी कर्णाली प्रदेशका ७ जिल्लाको टिम सहभागि भएका छन् ।
प्रतियोगिता विजेता टिमले रु १ लाख १ हजार पुरस्कार पाउने छ भने उप–विजेता टिमले रु.५१ हजार पाउने छ त्यस्तै प्रत्येक म्याचको प्लेयर अफ द म्याचमा रु. १५ सय पाउने छ भने बेस्ट म्याड्स मेन र बलरले रु. ५ हजार पाउने छन् ।
प्रतियोगिताको अबधिभर स्पेश फो के टेलिभिजनले प्रतियोगिताको लाइभ प्रसारण गर्ने छ ।
झिल्को खबर । ८ असार २०८१, शनिबार १६:३६