माओवादी आधार इलाका मानिएको पचालझरनाले स्थानीय पाठ्यक्रममा जनयुद्ध विषय समेट्यो

सुर्खेत । माओवादी जनयुद्धको बेला आधार इलाकाको रुपमा चिनिएको तत्कालिन पलाँता क्षेत्र मध्येको हालको पचालझरना गाउँपालिकाले हालै तयार गरेको स्थानीय पाठ्यक्रममा जनयुद्ध विषयलाई समेटेको छ ।

माओवादी जनयुद्ध बेला देखिको माओवादीको आधार इलाकाको रुपमा चिनिएको यो क्षेत्र पछिल्लो समय माओवादीको बलियो क्षेत्र रहदै आएको छ । माओवादी शान्ति प्रक्रियामा आए यता पचाझरना गाउँपालिकामा अन्य राजनिति दलहरुले पटक पटक गठबन्धन गर्दा पनि एक लौटीरुपमा जित हासिल गर्दै आएको यो गाउँपालिकामा माओवादी जनयुद्धकालिन नेताहरुले स्थानीय सरकारको नेतृत्व गर्दै आएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माओवादी जनयुद्धका कारण नेपालमा स्थापित भएको हुनाले आम नागरिकले जनयुद्धको बलिदानीको बारेमा ज्ञान हुनु पर्ने आवश्यक रहेकोले यसको विषय बस्तु स्कुलबाट नै पाठ्यक्रम तयार गरी विद्यार्थीहरुलाई जानकारी दिन जरुरी भएकोले स्थानीय पाठ्यक्रममा यो विषय समेटिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नि’ले जानकारी दिए ।

गाँउपालिकाले तर्जुमा गरेको स्थानिय पाठ्यक्रम अनुसार हाम्रो पचालझरना नामक पुस्तक तयार गरि विद्यालयलाई हस्तान्तरण गरेको छ । जसमा हाम्रो पचालझरना, हाम्रो कला, संस्कार र संस्कृति, हाम्रो स्थानीय पेशा व्यवसाय पर्यटन र आर्थिक क्रियाकलाप, हाम्रा रैथाने बालीहरु, जीवनउपयोगी सीपहरु, स्थानीय जडिबुटीहरु, बिपद् व्यवस्थापन र हरित बिद्यालय र अन्तिममा दश बर्षे जनयुद्ध भनेर आठ वटा खण्डहरु समावेश गरेको छ ।

स्थानीय स्रोत, पर्यटन, धार्मिक तथा ऐतिहासिक सम्पदाहरू र जनयुद्धलाई समेत महत्व दिएर विस्तृत रुपमा समेटिएको उक्त पुस्तक कक्षा १ लेखी ८ सम्मलाई पाठ्यक्रम बनाएर एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाहि, उपाध्यक्ष अल्किना बम (बविता)प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर बिक, शिक्षा शाखा प्रमुख नमराज शाही लगायतको उपस्थितिमा पुस्तक सार्वजनिकसंगै बिद्यालयलाई हस्तान्तरण गरिएको हो । हालसम्म जिल्लाका ९ वटा पालिका मध्य पचालझरना र महाँवै गाँउपालिकाले स्थानिय पवाठ्यक्रम निर्माण गरी लागु गरेका छन् ।

पचालझरना गाँउपालिका शिक्षा शाखा प्रमूख नमराज शाहीले गाँउपालिकाको हावापानी, भुगोल, प्राकृतिक श्रोत साधन र स्थानिय नागरिकहरुको पेशा व्यवसायलाई टेवा पुग्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए । उनले यो यहाँका बिद्यार्थीहरुका लागि निकै नै उपयोगी हुने बताए ।