जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ आजै लिने

जनार्दन शर्मा (प्रभाकर ) फाइल फोटो

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।

पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

पूर्व अर्थ मन्त्री शर्मालाई आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेको थियो तर उक्त आरोपको छानविन गर्न संसदीय समिति बनिसकेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। छानविन समितिले शर्माको कुनै पनि प्रमाण नभेटाएपछि निर्दोश सावित गरेको थियो ।