बालेनको समर्थन गर्दै दीपशिखाले भने परिवर्तन गर्न अलिकति अराजक बन्नै पर्छ

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा (दीपशीखा)ले काठमाडौंका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै विरोधको वेवास्ता गर्दै अघि बढ्न सुझाव दिएका छन् ।

नियम बुझेर बुझ पचाइ रहेकालाई परिवर्तन अलिअलि सन्काहा, अलिअलि अराजक लग्नु स्वभाविक भएको सापकोटाले बताए । सामाजिक सञ्जाल लेख्दै सापकोटाले संसारमा पागल भनिनेहरूले नै क्रान्ति ल्याएको बताए ।

‘नियम बुझेर पनि बुझ पचाइ रहेकाहरुलाई ‘परिवर्तन’ गर्न अलिकति सन्काहा, अलिकति एकांकी र अलिकति अराजकहरुले नै सक्छन्’ सापकोटाले फेसबुकमा लेखेका छन्, ‘संसारमा धेरै पागल भनिनेहरूले क्रान्ति ल्याएका उदाहरणहरु छन् ।’