कालिकोट माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा पूर्व मुख्यमन्त्री शाही सिफारिस

सुर्खेत, नेकपा (माओवादी केन्द्र) कालिकोटले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधि सभा सदस्यमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य महेन्द्र बहादुर शाहीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

सिफारिसका क्रममा मुख्यमन्त्री शाहीसँगै बैकल्पिक उम्मेदवारको रुपमा बिष्णु बहादुर बस्वकर्मा,.काशिचन्द्र बराल र लक्ष्मी प्रसाद चौलागाइलाई पनि सिफासि गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी प्रसाद चौलागाईले जानकारी दिए ।

पूर्व मुख्यमन्त्री शाहीलाई निर्विरोध सिफारिस भनेर अन्य ३ जनाको नाम सिफारिस गरिएको कारणबारे प्रष्ट्याउदै संयोजक चौलागाईले पार्टी नेतृत्वको विकास र राष्ट्रिय राजनितिमा प्रभाव राख्ने सवालमा पछिल्लो समय पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको विकल्प नभएको भन्दै कहिलेकाही भइपरी आउने प्राविधिक समस्याका कारण जिल्लाको बैठकले मुख्यमन्त्री शाही सहित ३ जनाको नाम सिफारिस गर्न पुगको बताए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र ‘एक’ मात्रै रहेको कालिकोट जिल्लामा प्रदेश सभामा भने दुइ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा ‘क’बाट प्रदेश सभा सदस्यकोे लागि हाल प्रतिनिधि सभा सदस्य रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्ग बहादुर रावत सिफारिस भएका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय सभा सदस्य जीवन बुढा सिफारिस भएका छन् ।

यस्तै माओवादी केन्द्र कालिकोटले विभिन्न समानुपातिक उम्मेदवारहरुको पनि नाम टुङ्गो लयाएको छ । समानुपातिक उम्मदवारहरुमा प्रतिनिधि सभाको लागि गंगा खडका (पिछडिएको क्षेत्र) तुलाराज बिक (दलित )मान बहादुर भण्डारी (खस आर्य)मा सिफारिस भएका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट प्रदेश सभा सदस्य समानुपातिक तर्फ माओवादी केन्द्रकी केन्द्रीय सदस्य यसोदा न्यौपाने सिफारिस भएकी छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट समानुपातिक तर्फ मिठु बम (महिला) हजा सुनार (दलित)भानुभक्त संज्याल(खसाआर्य)बाट सिफारिस छन् ।