दसौं राष्ट्रिय खेलकुदः व्यवस्थापनमा सक्षम छ, कर्णाली

सुर्खेतको पूर्वाधारले प्रतियोगिता रोक्दैन तर आवास व्यवस्थापनमा समस्या आउनसक्छ मन्त्री चौधरी

सुर्खेत । मंसिरमा हुने भनिएको नेपाली खेलकुदको महाकुम्भ दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनका सम्बन्धमा प्रश्न उठिरहेका बेला कर्णाली प्रदेशले भने व्यवस्थापकीय कमजोरी नहुने दाबी गरेको छ । प्रतियोगिताको मुख्य व्यवस्थापक रहेको प्रदेश सरकार अन्तर्गतको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेत तथा आसपासका जिल्लाहरुमा आवास, खेलाडी सुरक्षा, यातायातका पर्याप्त पूर्वाधारहरु रहेको र व्यवस्थापन गर्न सकिने जनाएको छ ।

प्रदेश राजधानी भएकाले सुर्खेतमा चार वटै सुरक्षा निकायको बलियो उपस्थिति छ । खेलाडी र दर्शकको सुरक्षामा कमी हुन नदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न सकिने बताइएको छ । आवासको हकमा विभागीय र गैरविभागीय टिमलाई अलग अलग व्यवस्थापन गर्न सकिने परिषद्ले तयारी थालेको छ । परिषद्का अनुसार विभागीय टिम नेपाली आर्मी, एपिएफ, नेपाल पुलिसका खेलाडी र प्रशिक्षकहरुलाई सम्बन्धित सुरक्षा निकायकै आवासगृह तथा र गैर विभागीय टिमका खेलाडी, प्रशिक्षकहरुलाई होटल, होमस्टेहरुमा बसोबासको व्यवस्थापन गरिनेछ । कर्णालीमा ७ प्रदेश र ३ विभागीय गरी १० टिमले प्रतियोगितामा भाग लिने सम्भावना छ । पोखरामा सम्पन्न नवौं राष्टिय खेलकुद प्रतियोगितामा भने गैरआवासीय नेपाली संघ (एनआरएनए) को टिम पनि सहभागी थियो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिताको व्यवस्थापनमा प्रदेश सरकार समक्ष रहेको बताउछन् । ‘आवास, सुरक्षा, यातायात व्यवस्थापन लगायतका सबै क्षेत्रको व्यवस्थापन गर्न हामी सक्षम छौं, हामीस‘ग त्यससम्बन्धी पूर्वाधारहरु पर्याप्त छन्, कर्णालीले व्यवस्थापन गर्न सक्दैन की भन्ने आशंकामात्र हो, उनी भन्छन्, ‘व्यवस्थापन गर्न नसक्ने कुरै छैन्, बरु संघले तत्काल कार्यविधि पारित गरेर कामको बॉडफाड गर्नु उपर्युक्त हुन्थ्यो ।’ प्रदेश सरकारले गर्नुपर्ने कामहरुको टुंगो लगाइएको खण्डमा तयारी गर्न सजिलो हुने उनको भनाई छ ।

सुर्खेतमा साना ठूला गरी एक सय बढी होटल छन् । वीरेन्द्रनगर नजिक छिञ्चु, गुरा“से, गढी लगायतका स्थानमा पनि मध्यमस्तरका होटलहरु छन् । वीरेन्द्रनगरमा अति विशिष्टहरुका लागि चार तारेस्तरका सिद्धार्थ, शुभलगायत होटल छन् भने मध्यमस्तरका नमस्ते नेपाल, डि नमस्ते, भ्यालीभ्यू, स्टे भ्याली भ्यू, अशोका, बुलबुले भ्यु, दर्शन होटल, डिएफसी, सुमेरु, लेकाली, शिरस्थान, मानसरोवर, नाम्लो, अतिथि होटल, सत्कार, ह्यापी स्टे, आमाको भान्साघर लगायतका ठूला होटलहरु छन् । सुर्खेत उपत्यकामा थारु, मगर र राजी समुदायद्धारा व्यवसायिक होमस्टेहरु पनि छन् । त्यस्तै सुर्खेत नजिकको जिल्ला दैलेख सदरमुकाम र गुरा“सेमा पनि स्तरीय होटलहरु छन् । जसले गर्दा सुर्खेतमा होटल व्यवस्थापनको समस्या भएमा दैलेख सदरमुकाममा बसाल्न सकिन्छ ।

परिषद्ले दसौंं खेलकुद प्रतियोगिताका लागि जुन जिल्लामा खेल खेलाउने हो त्यही जिल्लामा आवास व्यवस्थापन मिलाउने गरी समन्वय थालेको छ । परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले सुर्खेतबाहिर सात जिल्लामा प्रतियोगिता सञ्चालन गरिने भएकाले सुर्खेतमा मात्र आवास व्यवस्थापनको भार नपर्ने बताउ‘छन् । ‘१७ वटा खेल सुर्खेतमा सञ्चालन गरिनेछ, बा“की अरु जिल्लामा तयारी हुदै“छ, आवासको व्यवस्थापनमा होटलहरुको स्तरीकरण गरिरहेका छौं, उनी भन्छन्, ‘उद्घाटनको दिनमा पनि व्यवस्थापनमा कुनै समस्या आउने देखिन्न ।’ सदस्य सचिव सञ्ज्यालका अनुसार उद्घाटनका बेला खेलाडी र दर्शक गरी पा“च हजारलाई खाना, आवासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

होटल व्यवसायीहरुले पनि आवास व्यवस्थापनका लागि पर्याप्त होटल पूर्वाधार रहेको बताउ‘छन् । ‘हामी प्रतियोगिताका लागि आवश्यक खाना, आवास, खाजा, पानी लगायतको व्यवस्थापन गर्न तयार छौं, स्तरीय होटलहरु पर्याप्त छन्, आवास व्यवस्थापनमा कमी हुन्छ की भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन्, शुभ होटलका सञ्चालकसमेत रहेका प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही भन्छन्, ‘यसअघि पनि राष्ट्रियस्तरका ठूलाठूला सभासम्मेलन आयोजना भइसकेका छन्, आवास व्यवस्थापनमा कुनै समस्या आएको थिएन, दसौं खेलकुद प्रतियोगितामा पनि यस्तो समस्या आउने देखिन्न् ।’ उनले मझौला स्तरका होटलहरु पनि थुपै्र रहेकाले आवासको व्यवस्थापन समस्या आउन नदिने विश्वास व्यक्त गरे ।

कर्णालीका सुर्खेतबाहेक रुकुम पश्चिमको चौरजहारी, दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगुमा विभिन्न खेलहरु खेलाइने तयारी छ । दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा फुलककन्ट्याक्ट, कराते र बुद्धिचाल, हुम्लामा हक्की, मुगुमा कबड्डी, रुकुम पश्चिममा तेक्वान्दो, सल्यानमा टेबलटेनिस प्रतियोगिता गराउने तयारी छ । ती खेलहरु सञ्चालन हुदा त्यहॉ पुग्ने खेलाडी र दर्शकको अनुमान गरेरमात्र व्यवस्थापकीय तयारी गरिने परिषद्को भनाई छ ।

भदौ पहिलो हप्ता सुर्खेत आएका संघीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेश सरकारसमक्ष आवास व्यवस्थापनमा चुनौती हुन सक्ने चासो व्यक्त गरेका थिए । त्यस आधारमा प्रदेश खेलकुद परिषद्ले होटलहरुको लगत संकलन गरेको हो । मन्त्री चौधरी १५ दिनको कार्यप्रगति हेहेर आफू तोकिएकै समयमा प्रतियोगिता गर्न सक्ने निष्कर्शमा पुगेको बताउछन् । ‘कार्यतालिकाका अनुसारको भौतिक पूर्वाधारको काम भएको छ, सुर्खेतको पूर्वाधार हेर्दा प्रतियोगिता रोक्न सकिन्न उनले कान्तिपुस“ग भने, ‘आवास व्यवस्थापनले समस्या बनाउन सक्छ, त्यसमा प्रदेश सरकार र निजी क्षेत्रले अहिलेदेखि तयारी थाल्न आवश्यक छ ।’ यदि आवास व्यवस्थापनको समस्या आउने स्थिति देखापरेमा अस्थायी टहरा बनाउन सकिने उनको भनाई थियो ।

मन्त्री चौधरीले बजेटको विषय पनि छलफल भइरहेको बताउछन् । ‘राष्टिय खेलकुद परिषद्स“ग कुरा भएको छ, यो महिना टेन्डर हुन्छ, उनी भन्छन्, ‘दुईमहिना भित्र सम्पूर्ण काम सकेर प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’ संघीय सरकारले प्रतियोगिता सञ्चालनका लागि रु ६० करोड बजेट विनियोजन गरेको छ । यदि उक्त बजेट अपुग भए थप गर्न सकिने मन्त्री चौधरीको भनाई छ ।

कान्तिपुरको लागि सुर्खेतबाट ज्योति कटुवालले लेखेको समचार