सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचनमा देवकोटाले निवर्तमान अध्यक्ष अमृत विसीलाई हराएर विजयी भएका हुन् ।
देवकोटाले कुल ४९५ मतमध्य ३५१ मत पाएका छन् । यस्तै प्रतिद्वन्द्वी अमृत विसीले १३२ मत पाएका छन् । पदाधिकारीमा पनि देवकोटा कै प्यानलै विजयी भएको छ ।
समाजवादी पार्टीका पुर्व अध्यक्ष समेत रहेका मोहनसिङ बडुवाल उपाध्यक्ष भएर ३४६,पाए, सचिवमा डम्बर तिवारीले २९१, उप–सचिव खुलामा टिकाराम सोमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भएका हुन् ।
सदस्यहरूको मतगणना भने जारी रहेको छ ।
झिल्को खबर । १२ चैत्र २०८०, सोमबार १०:२४