शिक्षा र गणतन्त्र विषयक अन्तर विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता सम्पन्न

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा १६ औं गणतन्त्र दिवसको अबसरमा शिक्षा र गणतन्त्र विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ ।

गणतन्त्र दिवसकै दिन सोमवार आयोजना भएको उक्त कविता लेखन तथा बाचन प्रतियोगितामा विभिन्न विद्यालयहरुमा अध्ययनरत छात्रा, छात्रहरुले उक्त प्रतियोगितामा प्रतिसपर्धा गरेको गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले जानकारी दिए ।

कविता लेखन तथा बाचन प्रतियोगितामा छात्रातर्फ श्री सरोस्वती मा.वि. सिकुमा अध्ययनरत लोकसरा खड्काले प्रथम स्थान हासिल गरिन भने द्धितिय निरुता शाही भएकी छन् त्यस्तै तृतिय स्थान विद्यादेवी मा.वि. मयकोटमा अध्ययनरत झरना टमट्टा भइन् ।

छात्र तर्फ जनप्रिय मा.वि.बोलुगाँउमा अध्ययनरत ऐन बहादुर बुढा प्रथम भए भने सरस्वती मा.विमा अध्ययनरत महेश ऐडी द्धितिय र सरस्वती माविमा अध्ययनरत अमित शाही तृतिय भए ।

प्रतियोगितामा छात्रा, छात्र दुवै तर्फ प्रथम, द्धतिय, तृतिय सबैलाई क्रमस ः रु. ३३०० ÷२५००÷२००० नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा गाउँपालिका भित्रका मा.वि. स्तरमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्याक्रममा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले गणतन्त्र ठुलो संघर्षबाट प्राप्त भएको बताए । गणतन्त्रले सबै नागरिकको हक अधिकारलाई संरक्षण गरेको भन्दै यो व्यवस्थाले उत्पीडित जाती सामुदायको अधिकार ल्याउनुमा ठुलो भुमिका रहेको उल्लेख गरे ।

‘स्थानीय सरकारमा प्रत्येक वडामा दुई महिलाको अनिवार्य सहभागिता त्यसमा पनि एक जना दलित महिला समुदायको अनिवार्य सहभागिता यहि व्यवस्थाले गरेको हो,’ ‘अध्यक्ष शाहीले भने ।’
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले हिजो राजाको पालामा बोलेको भरमा जेल जानु पर्ने र गोली खानु पर्ने अबस्थाको अन्त्य यहि गणतान्त्रिक व्यवस्थाले गरेको हुनाले यो व्यवस्था ल्याउनमा योगदान गर्ने शहिदहरुलाई सबैले सम्मान प्रकट गर्नु पर्ने बताए ।

‘कविता प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरुलाई प्रमुख प्रशासकीय अधिकृत वि.क.ले भने,’ ‘आज गणतन्त्रको पक्षमा प्रतियोगिको रुपमा कविता लेखेर बाचन गर्न पाउनु नै यो व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष हो ।’

‘शुरुमा त सबैले रुन मात्रै सिकेको हुन्छ’ ‘उनले भने, ‘मैले यो उमेरमा मेरो विद्यालयको बारेमा समेत कुनै पनि जानकारी पाएको थिइन् आज तपाइहरुले आफ्नो गाउँपालिका भित्रको इतिहाँसको बारेमा पढ्न र लेख्न पाउनु भएको छ । यो सबै गणतन्त्रका कारण भएको हा ।’

युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले शिक्षा र गणतन्त्र विषयक कविता प्रतियोगितामा सहभागिता जनाउने सबै विद्यार्थीहरुलाई धन्यवाद दिए । अहिलेका विद्यार्थीहरु मोबाइन फोनमा मात्र व्यस्त हुन्छन् अन्य क्रियाकलाप गर्न सक्दैनन् भन्ने भ्रमलाई चिरेको भन्दै उनले सबै विद्यार्थीलाई लगनशिल हुन आग्रह गरे ।

देशमा आफ्नो अधिकारको लडाईको निम्ति सबैभन्दा पहिला विद्रोह विद्यार्थीहरुले गर्ने गरेको भन्दै युवा तथा खेकलुद शाखा प्रमुख शाहीले आउने दिनहरुमा पनि सबैले यसरी आफ्नो क्षमतालाई निखार्दै लिनु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्किना बम, वडा नं. २ का वडा अध्यक्ष करविरे कामी, जयराम टमट्टा, रुप्सा बोगटी, सुनसरा शाही स्वर्णिम शाही लगायतको उपस्थिति रहेको थियो ।