सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार

सुर्खेत । सल्यानमा एक समूहले युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएका छन् ।

जिल्लाको शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो ।

धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त ९थर नखुलेको०, शारदा नगरपालिका –१ पटनेरीका १८ वर्षीय विवस हमाल र सर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार प्रहार गर्ने चारै जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन।

घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।