सुर्खेत । वीरेन्द्रनगर—४ स्थित एसओएस हर्मन माइनर विद्यालयले तीन दिने खेलकुद महोत्सव सुरु गरेको छ । मंगलवार एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले महोत्सवको उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले विद्यार्थीहरुलाई शिक्षाका साथै खेलकुदमा पनि सक्रिय बनाइ राष्ट्रिय योगदानमा सहयोग गर्न सकिने बताए । उनले विद्यालयमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरु पनि अहिलेको समयमा अनिवार्य भएको औल्याए ।
खेलकुदले पढाईसँगै सामूहिकता, अनुशासनको पनि विकास गराउने भन्दै निर्देशक घिमिरेले विद्यालयस्तरीय खेलकुद महोत्सवबाट जिल्ला, प्रदेश र राष्ट्रिय प्रतिभाको पहिचान हुने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएको बताउदै उनले विद्यार्थीलाई खेलकुदका माध्यमबाट पनि पहिचान बनाउन सकिने उल्लेख गरे ।
एसओएस हमर्न माइनरका प्रिन्सिपल हरिहर बस्नेतले विद्यालयले खेलकुद कार्यक्रमलाई वर्षेनी निरन्तरता दिइरहेको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ललित बसेलले पढाईसँगै खेलकुदलाई सँगसँगै लैजान सुझाव दिए । खेलकुद महोत्सव विहीवारसम्म संचालन हुनेछ ।
झिल्को खबर । १७ माघ २०७९, मंगलवार १६:५१