कर्णाली प्रदेश खेलकुद विकास परिषदले सार्वजनिक ग¥यो बार्षिक प्रगति विवरण

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदले आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति विवरण आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले आर्थिक बर्ष २०७९÷०८० को प्रगति विवरणमा प्रदेश गौरवको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए ।

रंगशालाको थ्रिडी एनिमेसनमा देखाइएअनुसारको दर्शक प्याराफिटमा ४ हजार कुर्सि जडानको कार्य सकिएको र भिआईपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिदै सदस्य सचिव संज्यालले फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी रहेको बताए ।

‘कवर्डहलको छाना बाहेक फिनिसिङ्गकार्य भईरहेकाले पौडी पोखरी, व्यावसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्नहुने चरणमा रहेको भन्दै उनले फुटवल मैदानमा दुबो लगाई स्तर बृद्धिको कार्य भईरहेकोले एथलेटिक्स ट्याकको सव बेस र नालीनिर्माण सम्पन्नभएको बताए ।

‘रंगशाला भित्र रुख रोप्ने,हरियाली गर्ने कार्य भईरहेकोले समग्रमा निर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगतीभएको छ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘ उक्त रंगशालानिर्माण कार्य अन्तरगत हालसम्म(हिजोको मिति सम्म) रु. ६५ करोड८५लाखखर्च भएको छ ।’

जिल्ला–जिल्लाका पुर्वाधार निर्माण अन्र्तगत जुम्लाको राजासिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्य रु.५० लाखमा भएको भएको भने रुकुमपश्चिमको चौरजहारी नगरपालीका अन्तरगत पाति हाल्नामा क्रिकेट खेलमैदानको निर्माण कार्य को लागी रु. ९४लाख १७हजार खर्च भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

 

यस्तो छ कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति विवरण

कर्णालीप्रदेश खेलकुदविकास परिषद्को यस आ.व २०७९÷८० मा भएकोकामको प्रगतिविवरण र आगमीआ.व २०८०÷८१ मा प्रस्तावित बजेट तथाकार्यक्रमको जानकारी गराउने उद्देश्यले यहाँहरुलाई निमन्त्रणा गरेको हु यहाँहरुकोअमुल्य समय दिई उपस्थितिभइदिनु भएकोमायहाँहरुलाई हार्दिक धन्यवाददिदैअव म चालु आ.व २०७९÷८० मा भए गरेको कामको विवरण प्रस्तुत गर्न गइरेहेको छु ।

१.हालसम्मप्रदेश गौरवको आयोजनाको रुपमानिर्माणाधिन प्रदेश रंगशालाको ६० प्रतिशतभौतिकप्रगतिभएको छ भने ४६ प्रतिशतवित्तियप्रगतिभएको छ । जसमा रंगशालाघ(म् एनिमेसनमा देखाइएअनुसारको दर्शक प्याराफिटमा ४ हजार कुर्सि जडानको कार्य सकिएको छ,भिआईपीतर्फको प्याराफिटमासिभिलनिर्माण कार्य अन्तिम चरणमा छ,फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी छ ।कवर्डहलको छाना बाहेकफिनिसिङ्गकार्य भईरहेको छ । पौडीपोखरी, व्यावसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्नहुने चरणमा छ । फुटवल मैदानमादुबो लगाई स्तर बृद्धिको कार्य भईरहेको छ एथलेटिक्स ट्याकको सव बेस र नालीनिर्माण सम्पन्नभएको छ ।रुख रोप्ने,हरियाली गर्ने कार्य भईरहेको छ । समग्रमानिर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगतीभएको छ । उक्त रंगशालानिर्माण कार्य अन्तरगतहाल सम्म(हिजोको मिति सम्म) रु. ६५ करोड८५लाखखर्च भएको छ ।

२.जिल्लाजिल्लाकापुर्वाधार निर्माण अन्र्तगतजुम्लाको राजासिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्य रु. ५० लाखमा सम्पन्नभएको छ । त्यसैगरी रुकुमपश्चिमको चौरजहारी नगरपालीकाअन्तगतपातिहाल्नामाक्रिकेट खेलमैदानको निर्माण कार्य को लागीरु. ९४लाख १७हजार खर्च भएको छ ।

३. यसै वर्ष २०७९ असोज २८ देखीकात्तिक ३ गतेसम्म पोखरामा संन्चालनभएको नवौ राष्ट्यि खेलकुदप्रतियोगीताकोप्रदेश छनौटको लागीजम्मा १२३६ जना खेलाडी सहभागीभएकोमायस मध्यकर्णालीप्रदेशवाट ३० वटा खेलमा ५ सय ४ जना खेलाडीले राष्ट्यि प्रतियोगितामासहभागिताजनाएकाथिए । उक्तप्रतियोगितामा कर्णालीप्रदेशले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी जम्मा १८ वटा पदकप्राप्त गरेको थियो । यस प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिताअन्तरगत रु.२ करोड ५० लाखखर्च भएको छ ।

४. खेलकुदप्रतियोगितामा सहभागीताअन्तरगत यसै वर्ष २०८० वैशाख १५ गतेदेखि १७गतेसम्म काठमाण्डौमा सन्चालनभएको केन्द्रिय १३ औ राष्ट्पति रनिङसील्ड प्रतियोगितामा कर्णालीप्रदेशले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडी पार्दै ४ स्वर्ण पदक, ३ रजतपदक र १० कास्य सहितजम्मा १७ वटा पदकप्राप्त गरि ५ औ स्थानहाँसीलगरेको छ । यस प्रतियोगिताको सन्चालन, प्रशिक्षण र सहभागितामाजम्मा रु.७० लाखखर्च भएको छ ।

५. खेलाडीलाई प्रोसाहानपुरस्कार अन्तरगतनवौ राष्ट्यि खेलकुदमा स्वर्ण पदकप्राप्त गर्ने खेलाडीलाई रु. २ लाख रजतपदकप्राप्त गर्ने खेलाडीलाई रु. १ लाखपचास हजार र कास्यपदकप्राप्त गर्ने खेलाडीलाई रु. १ लाखका दरले पुरस्कार प्रदान गरिएको छ । त्यसै गरि १२ औ केन्द्रिय राष्ट्पति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण पदकबिजेता खेलाडीलाई रु. २० हजार रजतपदकलाई रु. १५ हजार र कास्यपदकबिजेता खेलाडीलाई रु. १० हजार पुरस्कार प्रदान गरिएको छ ।साथै कर्णालीप्रदेशकाबासिन्दाभई विभिन्नअन्तराष्ट्यि स्तरकापदकप्राप्त गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । यसमाजम्मा रु. २७लाख ५५ हजारखर्च भएको छ ।

६.आगमीवर्ष २०८१ मंसिरमा कर्णालीप्रदेशमाआयोजनाहुने १०औ राष्ट्यि खेलकुदप्रतियोगितामा २ अंकको स्वर्ण पदक सहितउत्कृष्ट खेल प्रदशनीको लागी कर्णालीप्रदेश खेलकुदविकास परिषद्को १३औ वोर्ड वैठकले कर्णालीप्रदेशका खेलहरुलाई क ख ग श्रेणीमा वर्गीकरण गरि प्रशिक्षण र प्रतियोगिता संन्चालन गर्ने निर्णय गरेको छ । यसै अनुसार क श्रेणीमा एथलेटिक्स,उसु,आइटिफ, कराँते, र तेक्वान्दो गरि ५ वटा रहेका छन भने खश्रेणिमा ७ वटा(वक्सीङ,फुलकन्ट्याकट कराँते, जुडो, हक्की, रग्वी, हेन्डवल र बास्केटवल)त्यसै गरी गश्रेणिमा १० वटा (कवडी, क्रीकेट,खोखो, व्याडमिन्टन, भलिवल, भारोतलोन, फुटवल, सुटिङ, सेपाताक्रो र पौडी) खेललाई वर्गीकरण गरिएको छ । यो वर्गीकरण भरखरै सम्पन्नभएको नवौ राष्ट्यि खेलकुदप्रतियोगितालाई आधार मानी गरएिको हो ।

७. यसै वर्ष विभिन्न समयमाआयोजनाभएका टिम गेम अन्तगत कर्णालीप्रदेशवाट सहभागीताजनाउदै भलिवल,रग्वी र क्रिकेटका खेलाडीले उतकृष्ट प्रदशनिगदै टिम च्याम्पीयन सीपको उपाधिहाँसिल गरेका छन ।यसवाट यीतिनै खेलहरु कर्णालीप्रदेशको टिम गेम अन्तरगतको अघिल्लो सुचिमाआउने देखिन्छ ।
८. यसै वर्ष कर्णालीप्रदेशवाट सहभागिताजनाउदै नवौ राष्ट्यि खेलकुदप्रतियोतितामापदकप्राप्त गर्ने उसु र कराँते खेलवाट एक एकजनाखेलाडी दिपकहमाल र एलिसा रास्कोटी मगर चिनको हवाङजोमा हुने १९औ एसियाली खेलकुदप्रतियोगितामा सहभागीहुने खेलाडी अन्तगत छनोट भएका छन्। यो कर्णलीप्रदेशकालागी ठुला सफल्ता र खुसीयालीहो ।यीदुवैजनालाई सफल्ताको शुभकामना छ ।

९.समग्रमा यस आ.व २०७९÷८० मा (हिजो असार २३ गते सम्म)चालु तर्फ रु. ३ करोड ७२ लाख १५ हजार र पुजिगततर्फ रु रु. ६१ करोड ७लाख ५६ हजार गरी जम्मारु. ६४ करोड ७९लाख७१ हजार खर्च भएको छ ।

आगामीवर्ष प्रदेश खेलकुदअन्तगतचालु तर्फ रु. ८ करोड ३२ लाख७६ हजार र पँुजिगततर्फ रु. ९१ करोड ८७लाखगरी जम्मा रु. १ अर्व १९ लाख७६ हजार विनियोजन भएको छ । यसमामुख्यमुख्य बजेट तथाकार्यक्रमनिम्नबमोजिम छन ।

१प्रदेश रंगशालानिर्माण रु. ८५ करोड
२.हुम्लाहक्कीखेल मैदानरु. ५० लाख
३.कालीकोट कवर्ड हलनिर्माण रु.६० लाख
४.दशौ राष्ट्यि खेलकुदलक्षितविभिन्न खेल मैदानमर्मत सुधार रु. २ करोड
५.चिसापानि खेल मैदाननिर्माण सुर्खेत रु. २४ लाख
६.मैनतडा खेलपुर्वाधार निर्माण सुर्खेतरु. १८ लाख
७.चौरहजारी क्रिकेट मैदाननिर्माण रुकुमपश्चिमरु. ६० लाख
८.कालिन्चोकखेल मैदान निमार्ण सुर्खेतरु. २५ लाख
९.जिल्ला स्तरिय खेलकुदमैदाननिर्माण रु. २ करोड
१०.कुदु रंगशालानिर्माण जाजरकोट रु. १५ लाख
११.दशौ राष्ट्र्यि खेलकुदतयारिको लागी रु. ७० लाख
१२.प्रदेश स्तरिय टिम तयारी तथाप्रशिक्षणको लागीजम्मा रु. ४ करोड ७० लाख
१३.मुख्यमन्त्रीकपजिल्लार प्रदेश स्तरमा रु. १ करोड १० लाख

धन्यवाद ।