सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले कर्णाली र कालिकोटे जनताको बीचमा आफुले गरेका प्रतिबद्वता प्रति इमानदार भएको बताएका छन् ।
कालिकोटको सुनथराली विमानस्थलमा भदौ १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलि टेस्ट फ्लाइटको लागि आउने भनेर गरिएको प्रचार प्रधानमन्त्रीको कार्य व्यवस्तताको कारण स्थगित गर्नु परेको भन्दै नेता शाहीले कालिकोटे जनतासँग क्षमा मागेका छन् ।
सोमवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता शाहीले यो पटकको कार्यक्रम स्थगित भए पनि आफुले गरेको बाचा जसरी पनि पुरा गर्ने प्रतिबद्वता जनाएका छन् ।
नेता शाहीले लेखेको स्टाटस यस्तो छ
सम्माननीय प्रधानमन्त्रीको चाहाना र कालिकोटको जनताको प्रतिक्षा थियो । ३८ बर्षे इतिहास बोकेको सुन्थराली बिमानस्थलमा जहाज देखियोस् अर्थात कोटबाडाको आकाशमा जहाज उडोस । साथै पश्चिम नेपालकै धार्मिक इतिहास बोकेको महत्वपूर्ण सुन्दर पर्यटकिय क्षेत्र बडिमालिका,त्रिवेणी धाम अवलोकन होस् ।
तर अपशोच ! अन्तिम घडीमा भाद्र १३ गतेको त्यो सपना पुरा भएन । केही कारणले गर्दा कार्यक्रम स्थगन भएको छ । सम्पुर्ण तयारीका बाबजुत पनि त्यो सपना पुरा हुन नसकेकोमा म निक्कै लज्जित छु र सम्पुर्ण कर्णालीबासी र कालिकोटका मेरा प्यारा मतदाताप्रति क्षमा चाहान्छु ।
जस्तोसुकै परस्थिति दोहोरियोस मैले बोलेका र गरेका प्रतिबद्धता प्रति अहिले पनि इमानदार र प्रतिबद्ध छु पूरा गर्छु । धन्यवाद ।
झिल्को खबर । ११ भाद्र २०८०, सोमबार २०:२४