पश्चिम रुकुम । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परिक्षण अभियान संचालन गरेको छ । प्रदेशका तीन जिल्ला सुर्खेतको चौकुने गाउपालिका,बिरेन्द्रनगर नगरपालिका, पश्चिम रुकुम आठबिसकोट नगरपालिका र हुम्ला जिल्लामा ५५ बर्स माथिका नागरिकको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको हो ।
स्वास्थ्य परिक्षण बाट प्राप्त नतिजाका आधारमा अब बन्ने पन्चबर्सिय नीति कार्यक्रम बनाईने छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काले नागरिक स्वास्थ्य परिक्षणले ५५ बर्ष माथिको नागरिकको स्वास्थ्य अबस्थामा बुझ्न र सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । यसै बिच पश्चिम रुकुम आठबिसकोटमा नागरिक स्वास्थ्य परिक्षणमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका भित्रका नागरिकको स्वास्थ्य अबस्था सुधारका लागि नागरिक स्वास्थ्य परिक्षण सुरुवात गरिएको बताए । ‘मुख्यमन्त्री शर्माले भने,‘ नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती ल्याएकाले त्यसको रोकथाम गर्नपनी स्वास्थ्य परिक्षण थालिएको हो ।’
अहिले तीन जिल्लामा नमुनाको रुपमा परिक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा बिस्तार् गरिने छ शर्माले भन्नुभयो सरकार स्वास्थ्य सेवालाई प्रबर्द्धनात्मक र उपचारात्मक दुबै किसिमले समुदायमा लिईरहेको छ ।
स्वास्थ्य क्षेत्रमा कृयाशिल जनशक्तिलाई उपचार मात्र होईन सचेतनामूलक कार्यलाई एकसाथ लिएर जानुपर्ने बताए । नागरिक स्वास्थ्य परिक्षण उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारि स्वास्थ्य क्षेत्रमा कृयाशिल जनशक्ति हो उनले भने।’
‘भुकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सन्चालन गरिरहेको छ। मुख्यमन्त्री शर्माले भने,’ ‘भुकम्प पश्चात् खोज,उद्दार, उपचार ,राहत र अहिले पुन निर्माण प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरागरिरहेको छ। अब पुनर्निर्माणका लागि सघ ,प्रदेश र स्थानीय सरकार ठोस रुपमा लाग्ने गरि छलफल भइरहेको छ।’
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिब चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट रहेको बताए । आठबिसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहिले तिनै तहका सरकारको सहकार्यमा स्वास्थ सम्बन्धित कार्य भैरहेकोले निरन्तरता दिने उनले बताए । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेत ,रुकुम पश्चिम र दोस्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परिक्षण गरिने छ।
झिल्को खबर । २२ पुष २०८०, आईतवार ११:०१