सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले बजेट निर्माणको पूर्वसन्ध्यामा राजनिति दलका प्रतिनिधिहरुसँग बृहत छलफल सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को तयारी थालिरहेको गाउँपालिकाले स्थानीय राजनिति दलहरुका प्रतिनिधिहरुसँग गाउँपालिका सरकारले ल्याउन लागेको निति तथा कार्यक्रम र बजेटका बिषयमा सुझाब संकलन गर्न बृहत छलफलको आयोजना गरेको हो ।
छलफलमा सहभागिहरुले आउने आर्थिक बर्षमा गाउँपालिकाले जनताको ससाना आवश्यकताहरुलाई सम्बोधन हुने गरेर निति तथा कार्यक्रम ल्याई त्यसको लागि बजेटको व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य टेकबहादुर बोगटीले आउने आर्थिक बर्षमा गाउँपालिकाले स्थानीय स्तरमा आयश्रोत बढाउने उद्योगहरुलाई प्रथामिकता दिएर निति तथा कार्यक्रम ल्याइ त्यसको लागि बजेटको व्यवस्थापन गर्नु पर्ने सुझाब दिए । त्यस्तै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य चन्दबहादुर शाहीले सरकारले पचालझरनामा अस्पताल दिएर मात्रै नहुने भन्दै त्यसको लागि निति ल्याउनु पर्नेमा सरकारलाई सुझाब दिए । नेता शाहीले पचालझरना गाउँपालिका भित्र विद्युतको राष्ट्रिय प्रशासरण लाइन गाउँ गाउँमा पुग्न बाँकी रहेकाले छिटो पु¥याउन पहल गरिनु पर्न सरकारलाई आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष गौरी संन्ज्यालले राजनिति दलका नेताहरुले आफ्ना छोराछोरीलाई गाउँका सामुदायीक विद्यालयमा पढाउन प्रतिबद्वता जनाउनु पर्ने बताए । गाउँपालिकाले विकासको लागि वातावरण प्रभाबको आधारमा विकास निर्माणका कामहरुलाई अगाडी बढाउन उनले सुझाब दिए ।
अधिकांस छलफलमा सहभागिहरुले सरकारले आउने आर्थिक बर्षमा ल्याउन लागेको निति तथा कार्यक्रम र बजेटका बारेमा जनताका आवश्यकताहरुलाई सम्बोधन हुने गरी काम गर्न सरकारलाई सुझाव दिएका दिए । पछिल्लो समयमा भ्रष्टचार दिन प्रतिदिन बढिरहेकोले यस्ता काम रोकी गाउँमा सुशासन ल्याउने गरी सरकारलाई सबैलाई आग्रह गरेका थिए ।
गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आउने आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटका सन्दर्भमा राजनितिदलहरुले दिएका सुझाबलाई सरकारले गम्भिरताका साथ लिने बताए । ‘गाउँपालिका भित्र देखिने समस्या भनेको हामि सबैको समस्या हुन् सरकारले काम गर्दागर्दै कहिलेकाही अपुग हुन सक्छ भनेर नै हामिले आज राजनितिदलका प्रतिनिधिहरुसँग बृहत छलफलको आयोजना गरेका हौ ,’ ‘अध्यक्ष शाहीले भने,’ ‘आज हामि गाउँपालिका सरकारले कस्तो निति तथा कार्यक्रम ल्याउने भन्ने विषयमा राजनिति दल नागरिक समाज र गाउँपालिका भित्रका सबै नागरिकहरुको सुझाब संकलन गर्दै छौ त्यो सुझाबहरुलाई आधार मानेर नै आउने आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट ल्याउने छौ ।’
झिल्को खबर । ३२ जेष्ठ २०८०, बिहीबार ०९:२४